कम्तिमा गठबन्धन टुटेको देउवाका कारण होइन



नारायण गाउँले ।

संसदीय दलमा गगनलाई जिताएको भए चीज अर्कै हुन्थ्यो भन्ने केही कांग्रेसी तर्कसँग चाहिँ सहमत हुन सकिएन ।  गगनले जितेको भए प्रचण्ड आजको साटो हिजै बालकोट पुग्थे । चीज यस्तै हुन्थ्यो, तर अलि छिटो हुन्थ्यो  । के गगन थापालाई प्रचण्डले छोड्थे तर देउवालाई छोड़ेनन् भन्ने बुझाइ हो ? कि गगन भएको भए प्रचण्डलाई छोड्थे, देउवाले छोड़ेनन् भन्ने हो ? गगन भएको भए माओवादीबिना सरकार बन्थ्यो भन्ने पनि कसैलाई लागेको होला । तर केपी ओलीको ईशारा बिना राजेन्द्र लिङ्देन र अशोक राई गगनसँग आउने ग्यारेन्टी के थियो र ? गगन थापालाई समर्थन गरेर एमालेले रिस्क लिने सम्भावना झनै थिएन ।

जसको जत्ति गल्ती हो, दोष पनि त्यत्ति नै दिनुपर्छ । कम्तिमा गठबन्धन टुटेको देउवाका कारण होइन । उनी त श्रीमतीलाई उपप्रम दिने शर्तमा प्रधानमन्त्री बन्न दुई वर्ष कुर्न तयार नै हुन्थे । गठबन्धन देउवाको चाहना थियो । गगन थापा लगायतका अन्य नेता त शुरूदेखि नै विरोधमैं थिए । कांग्रेसले माओवादीलाई प्रधानमन्त्री दिएको तर देउवाले नदिएको अवस्था होइन ।

त्यस्तो भएको भए परिणाम यस्तै हुन्थ्यो भन्ने ठोकुवा गर्नु त व्यर्थ नै हो तर कांग्रेसले यसपाली गगन थापालाई प्रधानमन्त्रीका रूपमा अघि सारेर चुनाबमा गएको भए अवस्था फरक हुन सक्थ्यो । विकल्प खोजिरहेको राजनैतिक माहोलले छुट्टै गति लिन सक्थ्यो । तटस्थ मतहरू मात्रै होइन, नो, नट अगेनले तितरबितर पारेको केही मत कांग्रेसले पाउन सक्थ्यो । देउवाजस्तो असान्दर्भिक र बोरिङ व्यक्तिलाई नै प्रधानमन्त्री बनाउनका लागि कति कांग्रेसीहरू शायद भोट हाल्नै गएनन् ।

कांग्रेस र देशको यो दुरवस्थामा देउवाको ठूलो हात छ । तर, आजको घटनामा अन्य कांग्रेसीले उनलाई दोष दिनुको औचित्यचाहिँ अलिकति पनि भेट्न सकिएन । तपाईंसँग छ कि ?

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाल्पाको जङ्गलमा डढेलो

पाल्पा ।पाल्पा  जिल्लाको रिब्दीकोट गाउँपालिका– १ ख्याहा मधुवन सामुदायिक वन र वडा नंं

नेमकिपाको अध्यक्षमा नारायणमान विजुक्छे चयन

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को अध्यक्षमा नारायणमान विजुक्छे सर्वसम्मत चयन

बुधबार प्रतिनिधिसभामा सरकारले ल्याएको पाँच वटा अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस हुने

काठमाडौँ । बुधबारका लागि बोलाइएको सङ्घीय संसद्, प्रतिनिधिसभामा सरकारले ल्याएको पाँच वटा अध्यादेश

परराष्ट्र मन्त्रालयको धेरैजसो काम विदेशमा रहेका नेपालीको ‘रेस्क्यु’ गर्ने जस्तो मात्र भयो : परराष्ट्रमन्त्री राणा

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयको धेरैजसो काम विदेशमा रहेका नेपाली