नारायणी अस्पतालमा आकस्मिक डायलासिस सेवा संचालन



वीरगंज । पर्साको वीरगञ्जस्थित सरकारी स्वामित्वमा रहेको नारायणी अस्पतालमा आकस्मिक डायलासिस सेवा सञ्चालनमा आएको छ । राउण्ड टेबल नेपालको समन्वय र सिद्धार्थ बैंकको आर्थिक सहयोगमा अस्पतालमा १५ शैययाको डायलासिस सेवा सञ्चालनमा आएको हो ।

आइसियु कक्षका लागि भवन निर्माण गरी डायलासिस सेवा सुरु गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा वीरेन्द्र प्रधानले जानकारी दिए । नियमित सेवा लिइरहेका बिरामीको अवस्था जटिल बनेमा आकस्मिक डायलासिस कक्षमा उपचार गरिने छ ।

साथै निमोनियालगायत रोगका कारण एक्कासि मिर्गौलामा असर परेका बिरामीको समेत उपचार गरिने डा प्रधानले जानकारी दिए ।

आकस्मिक डायलसिस सेवा लिनेले केही शुल्क तिनुपर्ने र शुल्कबापत डायलासिस गर्ने क्रममा चाहिने विभिन्न सामग्री अस्पतालले नै प्रदान गर्ने डा प्रधानले बताए ।

यसबाहेक नियमित डायलासिस गर्न आउने दीर्घ मिर्गौला रोगीको हकमा अन्य बेलाजस्तै निःशुल्क सेवा दिने उनको भनाइ छ । निजी अस्पतालले आकस्मिक डायलसिस सेवाको रु १० हजारदेखि १२ हजार शुल्क लिने गरेका छन् ।

नारायणी अस्पतालले जम्मा पाँच हजार शुल्क तोकेको छ । पन्ध्र शैयया रहेको आकस्मिक डायलसिसमा दुई शैयया एचआइभी सङ्क्रमितका लागि छुट्याइएको छ । अहिले नारायणी अस्पतालमा २० देखि २२ वटा डायलसिस मेसिन छन् ।

यी सबै मेसिन २४सै घण्टा तीन सिफ्ट गरी सञ्चालनमा आए ४० जनासम्मको दैनिक डायलासिस गर्न सकिने डा प्रधानले बताए ।

उनले भवन निर्माणका लागि सिद्धार्थ बैंकले ५५ लाख र अन्य सहयोगी दाताबाट पाँच लाख सहयोग गरी कूल ६० लाखमा डायलासिस सेवा सञ्चालनमा आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एनआरएनएको सहयोगमा युक्रेनी सेनाको कब्जामा रहेका दुई जना नेपालीको उद्धार, शुक्रबार काठमाडौं आइपुग्ने

काठमाडौँ । विगत नौ महिनादेखि युक्रेनीको सेनाको कब्जामा रहेका दुई जना नेपालीको उद्धार

यो व्यवस्था सञ्चालन गर्नेहरु सुध्रिन सकेनन्

काठमाडौँ। पछिल्लो समय संसद्को प्रभावकारिता माथि प्रश्न उठ्न थालेका छन् । संसद्लाई कति

हिउँ हराएको हिउँद

प्रगति ढकाल, काठमाडौँ । माथि माथि हिमाली भेगमा, हिउँ पर्‍यो फुरुरु, हिउँ पर्‍यो

प्रतिनिधिसभामा अध्यादेशहरु निर्णयार्थ पेस गरिँदै

काठमाडौं । आज संसदका दुवै सदनको बैठक बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो