गगन अङ्कगणितको रिजल्टमा त पराजित देखिए, तर राजनैतिक मूल्य र निष्ठामा जितेका छन्



नारायण गाउँले ।

शेरबहादुर देउवाविरुद्ध उभिनु, लड्नु या उनका कमजोरीबारे बोल्नु कांग्रेसविरुद्ध बोल्नु हो भन्ने गलत भाष्य स्थापित हुन नदिनु सबैभन्दा महत्वपूर्ण पक्ष हो । निरङ्कुश नेतृत्व र दास कार्यकर्ता जन्माउने यस्तो भाष्य आजभोलि निकै फेशनमा छ ।
नबिर्सौं, नेतृत्वको एकलौटीविरुद्ध गगन र विश्वप्रकाशहरू बलियो बनेर नउभिएको भए आज ती महामन्त्री बन्दैनथे र धनराज गुरुङहरू उपाध्यक्ष बन्दैनथे । देउवा होटलको कोठामा बसेर लिस्ट बनाउँथे र अधिवेशनमा पढेर सुनाउँथे । उनको गोजीबाट कस्ता व्यक्तिको नाम आउँथ्यो, भनिरहनु नपर्ला ।

गगनसँग जित्न पुग्ने अङ्कगणित थिएन । देउवा पक्षमा बहुमत सांसद खुलेरै देखिएका थिए । जित्दै गरेको नेतृत्वविरुद्ध लड्नु या उभिनु भनेको थुप्रै अवसर र सम्भावनाहरू लाई गुमाउनु हो भन्ने स्पष्ट थियो । मिनेन्द्र रिजाल या स्वर्णिम वाग्लेहरू ले नेतृत्वको कोपभाजन हुँदा टिकटसम्म नपाएको सबैले देखेकै थिए ।

यस्तोमा ’त्वम् शरणम’ गरेर प्रसादमा जे पाइन्छ त्यो थाप्ने या स्वाभिमान र निष्ठापूर्वक आफ्ना प्रतिबद्धतामा उभिने भन्ने दुई विकल्प थिए । चुनावअघि गगनले संसदीय दलमा उम्मेदवारी दिने प्रतिबद्धता व्यक्त गरेका थिए । लेनदेनको सम्झौतामा टुङ्गिएको भए उनको पराजय हुन्थ्यो । आज उनले जितेका छन् । थप २४ जनाले तत्कालको लाभहानिभन्दा नागरिकस्तरको भावनालाई बुझेर सम्मान गरेका छन् । अङ्कगणितको रिजल्टमा त ती पराजित देखिए, तर राजनैतिक मूल्य र निष्ठामा तिनले जितेका छन् । समय लाग्ला, अङ्कगणित पनि फेरिन्छ । तर कसै न कसैले कोसिस नगर्ने हो भने त कसरी फेरिन्छ र ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाल्पाको जङ्गलमा डढेलो

पाल्पा ।पाल्पा  जिल्लाको रिब्दीकोट गाउँपालिका– १ ख्याहा मधुवन सामुदायिक वन र वडा नंं

नेमकिपाको अध्यक्षमा नारायणमान विजुक्छे चयन

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को अध्यक्षमा नारायणमान विजुक्छे सर्वसम्मत चयन

बुधबार प्रतिनिधिसभामा सरकारले ल्याएको पाँच वटा अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस हुने

काठमाडौँ । बुधबारका लागि बोलाइएको सङ्घीय संसद्, प्रतिनिधिसभामा सरकारले ल्याएको पाँच वटा अध्यादेश

परराष्ट्र मन्त्रालयको धेरैजसो काम विदेशमा रहेका नेपालीको ‘रेस्क्यु’ गर्ने जस्तो मात्र भयो : परराष्ट्रमन्त्री राणा

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयको धेरैजसो काम विदेशमा रहेका नेपाली