आफू अनुकुलको राजनीतिक सहजताको लागि कानुन बङ्ग्याउने छुट कसैलाई छैनः शेखर कोइराला


काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले काम चलाउ सरकारले अध्यादेश ल्याउन खोज्नु लोकतन्त्रमाथिको उपहास भएको बताएका छन् । सोमबार सामाजिक संजालमार्फत कोइरालाले यसले भोलि गलत नजिर बस्ने बताएका हुन् । उनले आफू अनुकुलको राजनीतिक सहजताको लागि कानुनलाई बङ्ग्याउने छुट कसैलाई नभएको बताएका छन्।

कोइरालाले भनेका छन्, ‘अध्यादेशमार्फत कानुन संशोधन गरि अदालतले दोषी ठहर्याएकालाई माफी दिने प्रयास गरिनु कानुनी शासन, संसदीय प्रणाली, राजनीतिक र लोकतान्त्रिक मर्मको उपहास गर्नु हो । आफू अनुकुलको राजनीतिक सहजताको लागि कानुनलाई बङ्ग्याउने छुट कसैलाई छैन । भोलि यसले गलत नजिर बस्न जान्छ।’