महाभियोग सार्वभौम संसदको सम्पत्ति हो, आउने प्रतिनिधिसभामा छलफल भएर निर्णयमा पुग्छः संचारमन्त्री



काठमाडौं । सरकारले प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराबिरुद्धको महाअभियोग प्रस्ताव नयाँ प्रतिनिधिसभामा छलफल हुने बताएको छ ।

बुधबार मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनपछि पत्रकारहरुसँग कुरा गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानन्यायाधीश जबराबिरुद्धको महाअभियोग नयाँ संसदमा छलफल हुने बताएका हुन् ।

उनले महाअभियोग माथि छलफल भएको प्रतिवेदन नयाँ गठित प्रतिनिधिसभामा छलफल हुने विषय जीवित रहेको बताए । उनले महाअभियोग सार्वभौम सम्पन्न संसदको सम्पत्ति भएको बताए ।

उनले भने,‘जहाँसम्म प्रतिनिधिसभामा चोलेन्द्र शम्सेर जबराबिरुद्ध महाअभियोग माथि छलफल भएर त्यो छलफलको प्रतिवेदन गठित अर्को प्रतिनिधिसभामा छलफल हुने विषय जीवितै छ । महाअभियोग सार्वभौम सम्पन्न संसदको सम्पत्ति हो । यसको छलफल अब आउने प्रतिनिधि सभामा छलफल भएर निर्णयमा पुग्छ ।’

मन्त्री कार्कीले अबको प्रतिनिधिसभामा छलफल भएर मात्रै प्रधानन्याधीशमाथिको महाअभियोगको टुंगो लाग्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर

पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला

काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहमद आफताब आलम र उनका भाई मोहमद

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

तत्काल कानून बनाएर सहकारी र तिनका कारण बचतकर्ताले बेहोर्नुपरेको समस्या समाधानको प्रक्रिया सुरू गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सहकारी र तिनका कारण बचतकर्तामा परेका समस्याको समाधान गर्न प्रक्रिया