बालेनजीको टिमले जे गरिरहेको छ त्यसमा मेरो पुरापुर साथ र समर्थन छ



रामकुमारी झाँक्री ।
संसारमा मानव शभ्यताको विकास नै नदी किनाराबाट भएको हो। हाम्रा सभ्यता विकासका रूपमा रहेका नदी किनारहरू अतिक्रमणमा परेका छन्। यस्तो अतिक्रमण तीन प्रकारका मान्छेहरूबाट हुदै आएको छः

१. नदीका किनारा, घाटहरू, ढुंगेधारा र त्यस वरपरका चौरहरू, मन्दिर परिसरका जग्गा भूमाफियाहरूले आफ्नो नाममा दर्ता गरेका छन्।

२. बाँकी यस्तै जग्गा सुकुम्बासीको नाममा कब्जा गरेका छन्।

३. विभिन्न धार्मिक प्रयोजनका भजनमण्डली, पूजा गृह, किरियापुत्री भवन, ॐ शान्ति, सत्य साई, रविशंकर आदि नाममा रिटायर्ड कर्मचारी, व्यापारी आदिले कब्जा गरेका छन् ।

यी सबै अतिक्रमणमा माथिल्लो तहको राजनीति, प्रशासन र अदालत समेतको कहीँ न कहीँ संरक्षण रहेको देखिन्छ। एकातिर बागमती नदी, यसका सहायक र उपसहायक नदीहरूको संरक्षण गर्न भनेर अधिकार सम्मन्न बागमती एकीकृत सभ्यता विकास समिति गठन गरेर सरकारले यिनै क्षेत्रमा काम गरिरहेको छ । तर अर्कोतिर यस्तो अतिक्रमणलाई राजनीतिक संरक्षण पनि दिइएको छ।

म शहरी विकास मन्त्री हुँदा अतिक्रमित क्षेत्र मुक्त गर्न सार्वजनिक ठाउँमा बनाएका घर टहरा हटाउने अभियान सुरू गरेको थिएँ । साथै थापाथलीका सुकुम्बासीको लागि अर्को ब्यवस्था नहुन्जेलसम्म ईचंगुमा करिब ३०० परिवारको लागि अपार्टमेन्ट शहरी विकास मन्त्रालयले बनाएको छ तर त्यहाँ लक्षित वर्गहरू जान चाहेनन् । यो समस्या दीर्घकालीन रुपमा समाधान होस् भनेर मैले सुकुम्बासी र केही विज्ञहरू समेत रहनेगरी समिति बनाएँ । शहरी गरीव र अब्यवस्थित बसोवासीको लागि भनेर उनीहरूको समेत कुनै न कुनै प्रकारको साझेदारीमा संयुक्त आवासको नीति लिएको थियो। चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रममा यो समावेस गरिएको छ। मेरो लागि काम गर्ने समय पनि पुगेन।
हाल बालेनजीको टिमले यो विषयमा जे गरिरहेको छ त्यसमा मेरो पुरापुर साथ र समर्थन छ। बालेन जी कामनपा वडा ११ को थापाथलीमा नक्सा पास नगरी बनाएका पक्की घर र बत्ती पानी जोड्न दिएको नक्कली लालपूर्जाधारीलाई पनि तत्काल छानविन गरी कारबाही अगाडि बढाउनुपर्छ।

एडीबीको ऋण सहायतामा लामो समयदेखि BRBIP परियोजनाको कार्यक्रम चालु छ। तर सरकारले लामो समयदेखि राईट अफ वे क्लियर गर्न नसकेर आयोजना क्रोनिक भएको थियो। टाईम र कष्टको ओभर रन भएको थियो। यसले राज्यको असीमित दायित्व सिर्जना गरेको छ। त्यसैले यो परियोजनाको निरन्तरता र प्रभावकारी कार्यान्वयनको लागि मेरो पालामा नै अतिक्रमण हटाउने अभियान सुरू गरेका थियौं । अबका दिनमा अधिकार सम्पन्न बागमती, उपत्यका विकास प्राधिकरण र महानगर पालिकाले यो बेला मिलेर एउटै निसाना बनाएर काम गरौं। मेरो साथ छँदैछ। आवश्यक समन्वय पनि मैले गर्ने नै छु।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाल्पाको जङ्गलमा डढेलो

पाल्पा ।पाल्पा  जिल्लाको रिब्दीकोट गाउँपालिका– १ ख्याहा मधुवन सामुदायिक वन र वडा नंं

नेमकिपाको अध्यक्षमा नारायणमान विजुक्छे चयन

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को अध्यक्षमा नारायणमान विजुक्छे सर्वसम्मत चयन

बुधबार प्रतिनिधिसभामा सरकारले ल्याएको पाँच वटा अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस हुने

काठमाडौँ । बुधबारका लागि बोलाइएको सङ्घीय संसद्, प्रतिनिधिसभामा सरकारले ल्याएको पाँच वटा अध्यादेश

परराष्ट्र मन्त्रालयको धेरैजसो काम विदेशमा रहेका नेपालीको ‘रेस्क्यु’ गर्ने जस्तो मात्र भयो : परराष्ट्रमन्त्री राणा

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयको धेरैजसो काम विदेशमा रहेका नेपाली