खुसी र धनार्जन गर्ने अचूक प्रयोग



डा. गोविन्दशरण उपाध्याय ।

शरीरले भोग्ने कष्टहरू बास्तविक हुन्छन् तर मनका कष्टहरू मनले नै निर्मित गरेका हुन्छन् । यदि तपाईंसँग धन छैन भने शरीर दुख्दैन मन उदास हुन्छ तर धन र मनका बीचमा कुनै प्रकारको सम्बन्ध हुँदैन । धन भौतिक वस्तु हो भने मन कुनै वस्तु नै होइन । त्यसैले खुसी चाहनेहरूले वस्तुबाट खुसी खोज्ने होइन उपलब्ध बस्तुहरूमा रमाइलो गर्ने हो । यसको अर्थ उद्योग नै छोड्नुपर्छ भन्ने पटक्कै होइन । देवताहरूले धनप्राप्त गर्न दानवसंग उद्योग गरे समुन्द्रबाट सुखका साधनहरू खोजेर उपयोग गरे । उद्योग नगरी धन–सम्पत्ति खोज्नु मूर्खता हो । धन प्राप्तिका लागि उद्योग गर्ने पर्छ । असल स्वास्थ्य प्राप्तिका लागि स्वास्थ्यका नियमहरू पालन गर्नेपर्छ ।

देव र असुर हामी आफैंभित्र छ । देवत्वले अमृतको बाटो खोल्छ भने असुरत्वले भोगको । तर अमृत प्राप्त भयो भन्दैमा सबै थोक ठीक हुँदैन । अनेकौं सङ्घर्षहरू उपलब्ध हुन्छन् । उद्योग गरेर (समुन्द्र मन्थन गरेर) अमृत (धनार्जन गर्न) प्राप्त गर्न जति कठीन छ, त्यो भन्दा पनि गाह्रो प्राप्त धनको सदुपयोग गर्नुमा हुन्छ । देवत्व प्राप्त हुँदैमा सात्विक भाव प्राप्त हुँदैन । देवत्वमा सुखसुविधाहरू प्राप्त हुन्छन्, दीर्घ जीवन प्राप्त हुन्छ र असल आचरणको अवसर प्राप्त हुन्छ तर मोक्ष प्राप्त हुँदैन । धर्म पूर्वक अर्थार्जन गरेका देवताहरूले काम (सुख) प्राप्त गरे तर आजीवन शत्रु अर्थात् आफ्नै आफन्तबाट डर, त्रास र पराजय भैरह्यो । असुरहरू र देवता दूवै ऋषि कश्यपका सन्तान भएकोले दाजुभाइ नै हुन् ।

धनार्जन गर्न उद्योग गर्नेपर्छ । उद्योग नगर्नेले धन प्राप्त गर्न सक्दैनन् । देवासुर सङ्ग्राम हामीभित्र नै चलिरहेको छ । तपाईंको धर्म के हो ? तपाईं कुन् देशको हुनुहुन्छ, तपाईं जवान हुनुहुन्छ कि बूढो हुनुहुन्छ ? यी सबै कुराले केही फरक पर्दैन । धन र विद्या दूवै थोक कठोर परिश्रम नगरी प्राप्त हुँदैन । त्यसैले स्वधर्मको पालन गर्दै आफु र अन्य कसैलाई अन्याय नगरी धन आर्जन गर्नु पर्छ र आर्जन गरेको धनबाट १०% दान दिनुपर्छ । दान स्वच्छिक विषय हो तर दिंदा सबैभन्दा बढी आनन्द प्राप्त हुन्छ ।

शारीरिक दुःख वास्तविक हुन्छन् भने मानसिक दुःख मनले नै निर्मित गरेको हुँदा मनबाट नै हटाउने प्रयत्न गर्नुपर्छ । कुनै पनि मानसिक दुःख धन सम्पत्ति वा भोगले नष्ट हुन सक्दैन । सदाचार र मोक्षबाट सधैंका लागि दुःख निवारण हुन्छ । धनले सुखप्राप्ति हुन्छ तर सुखीचाहिं क्षणिक हुन्छन् । मनमा आनन्द छ भने धन विना पनि आनन्दको अनुभूति गर्न सकिन्छ । एउटा तत्थ्य सबैले बुझ्नु पर्छ कि भौतिकवस्तुले दिने आनन्दसंग जन्म, मृत्यु रोग र मानसिक तनाव जोडिएको हुन्छ । धन र भोगको मानसिक तनावसंग गहिरो सम्वन्ध हुन्छ । धन र भोग उपलब्ध नहुँदा मानसिक न मानसिक पीडा हुन्छ शत्रूता नै । त्यसकै ऋषिहरूले धनको र कामको उपयोग गर्दा होस् वा आर्जन गर्दा तटस्थ भएर गर्नु भन्ने आदेश दिएका हुन् ।

धनप्राप्तिको मन्त्र
जसले धन प्राप्तिका साथै मोक्ष प्राप्त गर्न चाहन्छ उसले समुन्द्र मन्थनअन्तर्गत लक्ष्मी प्रकट भएको प्रसङ्ग सम्झेर उद्योग गरोस् । धनसम्पत्ति उसको लागि हातको मैला बन्ने छ । श्री लक्ष्मीजी समुन्द्रबाट प्रकट हुने आठौँ रत्न हुन् । आचार्यहरूले आठौं स्कन्ध, आठौँ अध्यायको आठौँ श्लोक “तत्र चाभिरभूत्सक्षात श्रीरमा भगवत्परा…..यथाः (भाग. ८/८÷८/) श्लोकले सम्पुट लगाएर सम्पूर्ण आठौँ स्कन्धको पाठ गर्दा अनिवार्य रूपमा कार्यसिद्धि हुने घोषणा गरेका छन् ।

यदि तपाईंले धनआर्जन गर्ने धेरै प्रयत्न गर्नुभयो तर सफल हुनुभएको छैन भने भगवान्मा पूर्ण विश्वास र आस्था गर्दै (भाग. ८/८/८/) श्लोकको दैनिक १०८ पटक जपेर आफुले गरिरहेको वा नयाँ ब्यापार/उद्योग वा कामको थालनी गर्नुहोस्, लक्ष्मीको कृपा प्राप्त हुनेछ । मनमा भक्ति र काममा जाँगर यी दूवैले लक्ष्मी प्राप्त हुन्छ । आलसी र भाग्यवादीले धनार्जन गर्न सक्दैनन् र आलसीको भाग्यमा भएको धनसम्पत्ति पनि नष्ट भएर जान्छ ।

लक्ष्मी प्रकट भएपछि उहाँलाई सबैले आफुसंग राख्न खोजे तर स्वयं लक्ष्मीले नारायणलाई रोज्नु भयो । हामीले चाहँदैमा लक्ष्मी प्राप्त हुन्नन् । भक्ति, उद्यमशीलता र निरन्तर प्रयत्न यी तिनै कुराको संयोग मिल्नुपर्छ । देवताहरूले पनि श्रीप्राप्तिका लागि विष, सर्प र अनेकौं विध्नहरू सहन परेको थियो । त्यसैले मन्त्रले कृपा प्राप्त हुन्छ, आत्मवल बढ्छ र उद्यमशीलता बलियो हुन्छ । भक्ति र उद्यमशीलताको मिलनले धनप्राप्ति हुन्छ, त्यसै हुँदैन । भाग्य छ भन्दैमा डोकोमा दूध अडिने होइन । आफ्नो पात्रता आफैले निर्माण गर्नुपर्छ । कुपात्रले जतिसुकै अवसर प्राप्त गरे पनि तेसको उपयोग गर्न सक्दैन ।

उद्योग गर्दा पनि धनार्जन गर्न नसक्नेले हरेक अष्टमीका दिनको ८ बजेर आठ मिनट जाँदा ( नुहाएर, रोलीको रातो तिलक निधारमा धारण गरेर, पूर्वतिर फर्केर, १०८ पटक (८/८/८/) पाठ गर्नुपर्छ । आफैले पाठ गर्न नसक्नेले ब्राह्मणबाट सम्पुटित पाठ गराउनु पर्छ । खासगरी, लक्ष्मीपूजाका दिन वेलुका ८ बजेर ८ मिनटमा पाठ आरम्भ गरेर अर्को विहान ८ बजेर ८ मिनटमा पाठ सम्पन्न गर्नुपर्छ । श्रद्धा, आत्मविश्वास र उद्यम यी सबै सहयोग हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा विश्वमै सबैभन्दा सस्तोमा हाइड्रोजन उत्पादन गर्न सकिने

  काठमाडौँ । नेपालमा जलविद्युतसँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि

उपनिर्वाचनमा निर्धक्ककासाथ मतदान गर्न आयोगको अपील

काठमाडौं । उपनिर्वाचनको तयारी पूरा भएको छ । शनिबार इलाम– २ र बझाङ

शक्तिमा रहँदा मात्तिनेहरु सकिन्छन्ः माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाज

विकराल बन्दै डढेलो : ५० जिल्लाका वन क्षेत्रमा डढेलो, करोडौंको क्षति

  गण्डकी ।  वन तथा भू–संरक्षण विभागका अनुसार बिहीबारसम्ममा ५० जिल्लाका वन क्षेत्रमा