प्रतिनिधिसभामा समानुपातिकतर्फ कसको मत कति ?


काठमाडौं । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मत परिणामअनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) अग्रस्थानमा छ ।

शुक्रबार साँझ सात बजेसम्मको मतपरिणाम विवरणअनुसार एमालेले १३ लाख ९२ हजार ७५ मत प्राप्त गरेको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसको १३ लाख २७ हजार ५८१ मत प्राप्त गरेको छ ।

तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकतर्फको मत सङ्ख्या ६ लाख ३९ हजार ८२२ रहेको छ ।

नेकपा (माओवादी केन्द्र)को ५ लाख ९७ हजार ७७१, राष्ट्रिय प्रजातन्त्र पार्टीको ३ लाख २६  हजार ९२० , जनता समाजवादी पार्टी नेपालको एक लाख ६१ हजार ४५० मत रहेको निर्वाचन आयोगले जनाएको छ ।