भोजपुरमा एमालेका शेरधन राई माओवादीका सुदन किरातीसँग पराजित


भोजपुर । भोजपुरबाट प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रका सुदन किराती निर्वाचित भएका छन् । किरातीले २८ हजार ५७८ मत पाए भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका शेरधन राईले २६ हजार १९३ मत पाएका छन् ।

सुदनले दुई हजार ३८५ मतान्तरले चुनाव जितेका हुन् । यो क्षेत्रबाट २०७४ सालमा सुदन नै निर्वाचित भएका थिए ।