हेटौंडा । मकवानपुर क्षेत्र नम्बर–१ मा राप्रपाका दीपकबहादुर सिंह विजयी भएका छन् । नेपाली कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय ’डीना’ र राप्रपा नेपाका अध्यक्ष कमल थापालाई पराजित गर्दै सिंह विजयी भएका हुन् ।
सिंहले २७ हजार ८१६ हजार मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी सत्तारुढ गठबन्धनकी उम्मेदवार डीनाले २५ हजार ४२३ मत प्राप्त गरेकी छन् भने कमल थापाले २५ हजार ४२० मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया