लेखराज भट्टलाई पराजित गर्दै कैलाली–४ मा कांग्रेसका वीरबहादुर बलायर विजयी


धनगढी । कैलाली क्षेत्र नम्बर–४ मा नेपाली कांग्रेसका वीरबहादुर बलायर विजयी भएका छन्। नेकपा एमालेका लेखराज भट्टलाई ३ हजार ४३८ मतान्तरले पछि पार्दै बलायर निर्वाचित भएका हुन्। बलायरले २६ हजार १७१ मत पाउँदा एमालेका भट्टले २२ हजार ५३३ मत पाएका छन् ।

२०७० सालमा डोटीबाट निर्वाचित भएका बलायर मन्त्री भएर भौतिक पूर्वाधारमन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। अघिल्लो निर्वाचनमा तात्कालीन नेकपा (एमाले)का प्रेमबहादुर आलेसँग मन्त्री भएकै बेला उनी पराजित भएका थिए।