प्रदेशमा पनि कांग्रेसले खोल्यो खाता, मुस्ताङको प्रदेशसभा १ मा नाम्डु गुरुङ विजयी


मुस्ताङको प्रदेशसभा १ मा कांग्रेसका नाम्डु गुरुङ विजयीमुस्ताङ

गण्डकी । हिमालपारिको जिल्ला मुस्ताङको प्रदेशसभा १ मा कांग्रेसका नाम्डु गुरुङ विजयी भएका छन् । गुरुङ १ हजार ४८ मत ल्याउँदा एमालेका इन्द्रधारा विष्टले ७ सय ९३ मतमात्रै पाए ।

विष्ट यसअघि उक्त क्षेत्रबाट प्रदेश सांसद थिए । यहाँ १ हजार ८ सय ५५ मत खसेको थियो । प्रतिनिधिसभा सदस्यमा यसअघि नेपाली कांग्रेसका योगेश गौचन थकाली निर्वाचित भइसकेका छन् ।