मुस्ताङमा कांग्रेसको अग्रता, दोस्रोमा एमाले


गण्डकी । मुस्ताङमा कांग्रेस उम्मेदवारले अग्रता कायम राखेका छन् । तीन हजार सात सय ७९ मत गणना गर्दा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकालीले २०३५ मत ल्याएका छन् ।

यस्तै नेकपा एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचनले १६५७ मत ल्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरूङले ४१, राप्रपा नेपालका प्रविणकुमार शेरचनले ५ मत ल्याएका छन् भने ४० मत बदर भएको छ ।

अब करिब तीन हजार पाँच सय मत गणना गर्न बाँकी रहेको निर्वाचन अधिकृत कार्यालयले जनाएको छ।