काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा आइतबार मध्याह्नसम्म करिब ३२ प्रतिशत मतदान भएको जानकारी दिएको छ।
आइतबार दिउँसो पत्रकार सम्मेलन गरी आयोगका प्रवक्ता शालिग्राम पौडेलले मध्यान्ह १२ः४५ बजेसम्म करिब ३२ प्रतिशत मतदान भएको जानकारी दिएका हुन् । यस्तै, अहिलेसम्मको अवस्थामा छिटफुट घटना बाहेक निर्वाचन शान्तिपूर्ण र उत्साहजनक रहेको प्रवक्ता शर्माले बताएका छन्।

प्रतिक्रिया