इतिहास पुनर्लेखनको आवश्यकता



प्रो. रजनीश कुमार शुक्ल ।

भारतमा इतिहासको शिक्षण वर्तमान अवस्था हेरेर यसले भूतकालका विभिन्न घटनाबारे जानकारी दिन्छ भन्ने जानकारी प्राप्त हुन्छ । के इतिहासको काम केवल भूतकालका घटनाहरूवारे जानकारी दिनु मात्र हो, के सत्य–असत्य घटनाहरूको ठीकठीक जानकारी दिनु होइन र ? यदि इतिहासको काम केवल पुराना घटनाहरूको जानकारी मात्र हो भने तिनको उपयोगिता के ? इतिहास शिक्षणको सम्पूर्ण परम्परामा यस प्रश्नको उत्तर प्राप्त हुँदैन र परिणामबाट प्रष्ट बुझ्नु पर्छ कि इतिहासको अध्ययनको लक्षनै प्रष्ट छैन । इतिहास शिक्षणको उद्देश्य नै प्रष्ट नहुँदा राष्ट्रीय पाठ्यक्रममा समावेश गरिएका सामग्री र तिनको प्रमाणिकताका विषयमा प्रश्न उठ्नु स्वभाविक हुन्छ । यदि कुनै राष्ट्रको इतिहास नै प्रष्ट छैन भने तेसमा समावेश गरिका पाठ्यक्रमहरू खण्डित हुन्छन् वा विकृत हुन्छन् नै ।

कुनै पनि देश वा समाजले आफ्नो इतिहासको समग्र अध्ययन होस् भन्ने चाहन्छ । इतिहासमा पढाई हुने विषयवस्तुले हाम्रो र हाम्रो सांस्कृतिक परिवेशआदिको सहिसही प्रतिनिधित्व गर्छ कि गर्दैन भन्ने अति महत्वपूर्ण हुन्छ । विश्वभरीको इतिहास आफ्नो परिवेशमा लेखिएको हुन्छ र सबैले आफ्नो मौलिकता जोगाएको हुन्छ । असलमा, कक्षा दश भन्दा माथि इतिहास थोरै पढाइन्छ तर तेस भन्दा तलका कक्षाहरूमा लगभग सबैले इतिहास पढ्नुपर्छ । यदि यतिधेरै विद्यार्थीले इतिहास पढिरहेका हुन्छन् भने त्यो सत्य र तर्कसङ्गत हुनुपर्छ । तर हामीले साना बालबालिकाहरूलाई अन्य केही घटनाहरू बताइरहेका हुन्छौं सत्य होइन ।

इतिहास चाहे हुन् क्षेत्रको होस्, घटनाहरूको चयन, प्रविधि र त्यसको व्याख्या सबैभन्दा महत्वपूर्ण हुन्छ र भारतजस्तो देशमा इत्हस भन्दा पनि पहिलेको इतिहास आज पनि निरन्तर रहेको देख्न सकिन्छ । तर दुर्भाग्यवास इतिहास पूर्वको भारतवर्षीय इतिहासलाई खण्डित दृष्टिकोणले हेर्ने र बुझ्ने प्रयत्न गरिएको छ । यदि इतिहास छ भने त्यो शुअर्य, पराक्रम र मानवजातिको कल्याणको लागि हुन्छ । तर कक्षा दश भन्दा तल्लो कक्षाहरूका बालबालिकाहरू यस्तो शौर्य र मानवकल्याणकारी इतिहासका विषयमा थोरै मात्र जानकारी प्रदान गरिएको छ । यदि स–साना कक्षाहरूमा ठीकठीक इतिहासको जानकारी दिने हो भने बालबालिकाहरू आफ्ना पूर्वजहरूको सही इतिहास र त्यसको प्रवृत्तिसँग परिचित हुन्थे ।

ज्ञानको विस्तारको लागि इतिहासको उपयोग हुन्छ र उद्देश्य पानो ज्ञानको विस्तार गर्नुहुन्छ । इतिहास लेखन र इतिहासको ज्ञान दुवै निरन्तर चल्ने प्रक्रिया हुन् । यस्तो चेतना किन आवश्यक छ ? यो किशोरकिशोरीहरूको चेतनालाई उच्च बनाउन हो कि अझैं निम्नस्तरमा झार्न हो ? अंग्रेजहरूले इतिहास लेख्ने क्रममा गरेका अनुचित क्रियाहरू कत्तिपनि लुकाएका छैनन् । उनीहरूले भविष्यमा भारतवर्षको ज्ञान परम्परामा ठीकठीक विकास हुने तत्थ्त बुझेका थिए । उनीहरूले भारतवर्षीय ज्ञान अर्थात् संस्कृतभाषाको उपयोग नै धर्मपरिवर्तनका लागि गरे । यदि यसपछिको घटनाहरूमा चिन्तन गर्ने हो भने इतिहासको स्रोतका रूपमा इन्डिक भने । यो इन्डिक शब्द निकै हानिकारक छ किनभने यसले भरतवर्षीय इतिहासलाई फारसीहरूसंग जोडेर बुझ्ने र भारतवर्ष र फारस बीच अभिन्न सम्बन्ध रहेको काल्पनिक विश्वास स्थापित गर्छ ।

यस्तो इतिहासले भारतवर्षको बास्तविक इतिहास जान्न सकिन्न । यो इतिहास परम्परामा अनेकौं धर्मांतरण तथा अनेकौं अत्याचार हुँदैहुँदै पनि ११ रौँ शताब्दिदेखि १७ औं शताब्दिका बीचमा ४५ हजार भन्दा बढी मौलिक पुस्तकहरू लेखिएको र भारतवर्षका सबै भाषामा लेखिएको भनेर कहीं उल्लेख गर्दैन । १२ रौँ शताब्दिमा लेखिएको “लीला चरित्र” बास्तवमा एउटा इतिहास हो । त्यहाँ हामीले भन्न सक्नुपर्छ कि भारतवर्षमा जे–जति ग्रन्थहरू लेखिएका छन् ती सबैले भारतवर्षका भाषाहरूबाट स्रोत प्राप्त गरेका छन्, मौलिक तथा विश्वसनीय छन् ।

हामीले समीक्षा गर्नुपर्छ कि बास्को डी गामाले जुन तीन बटा पत्रहरू लिएर भारतवर्षमा आएको थियो ती मध्ये एउटा पोर्चुगाली भाषा र दूई अन्य उर्दूमा “भारतवर्षका” सम्राटका नाममा लेखिएका ती ्र तेस बखत भारतवर्षमा कुनै सम्राट थिएन । त्यसबखत गरिएको यात्राको सामान्य घटनाक्रमलाई जोडेर भारतवर्षको इतिहास खोज्ने प्रयत्न गरियो । त्यसपछि भारतवर्षको खोजी बास्को डी गामाले गरेका हुन् भन्ने आपत्तिपूर्ण इतिहास लेखन आरम्भ गरियो तर उसले बोकेका तीन वटा पत्रहरूको विषयवस्तु पूर्णतया अनदेखा गरियो । यसरी भारतवर्षको बास्तविक इतिहासमा खलल पारियो र कोलम्बसले अमेरिका खोजेझैं बास्को डी गामालाई भारतवर्षको अन्वेषकका रूपमा बालबालिकामा पस्कियो । जवसम्म यो काल्पनिक इतिहास परिवर्तित हुँदैन किशोरकिशोरीहरूको धारणामा परिवर्तन आउंँदैन ।

उपलब्ध स्रोतहरूबाट १० कथामा पढेको इतिहासलाई एउटा बालकले आजीवन सत्य ठान्छ र अन्य इतिहासलाई असत्य ठान्छ । यसबाट उसको मनमा आजीवन विरोधाभास उत्पन्न र त्यसमा जिउन बाध्य हुन्छ । हो, ठूलो भएर इतिहास पढेपछि कुनै पनि बुद्धिमान व्यक्तिले आर्यआक्रमणको सिद्धान्तलाई मान्न सक्दैन । के यस्तो विरोधाभासको मानसिकता उत्पन्न हुनुभन्दा पहिले नै समाधान गर्नु पर्दैन ? यदि यो कुरा इतिहासको पाठ्यक्रमको निर्माण गर्दा नै उद्देश्य प्रष्ट पार्दिनु पर्दैन र ?

इतिहास लेख्दा जे–जस्ता न्यूनताहरू छन्, तिनको समाधान गरिनुपर्छ । देशका १०% जनसंख्या इतिहासको शिक्षाबाट टाढा छ । विद्यालय पाठ्यपुस्तकहरूमा इतिहास सम्बन्धि शिक्षा प्राप्त छैन । खासगरी आदिवासी जनजातिहरू वास्तविक इतिहास जान्नबाट पूरै बन्चित छन् । अनि, यस देशका निवासीहरूलाई विभिन्न वहानामा घुमफिर गर्नबाट र आ–आफ्नो जीवन पद्यतिअनुसार जीवन यापन गर्न प्रतिबन्धित गरियो । यस्तो गर्नु भारतवर्षको सांस्कृतिक तथा सामाजिक आत्मामा प्रहार गर्नुनै थियो किनभने यसो गर्दा नै भारतवर्षको जीवन पद्धति परिवर्तन गर्ने एउटा प्रक्रिया थियो । हामी सबैले जानेका छौँ कि १८ रौँ शताब्दिसम्म भारत एउटा वैश्विक आर्थिक शक्ति थियो । यस्तो प्रतिबन्धका कारण परम्परागत शिल्प र व्यापारिक पद्धतिउपर धेरै नराम्रो प्रभाव पर्यो र भारतवर्षको मौलिक इतिहास हरायो । कुनै एउटा देश जहाँको १०–१२ प्रतिशत जनसंख्या प्रभावशाली थियो, ती मध्ये हामीले एकदुईलाई मात्र बुझेका छौँ । परिणाम यो हुन्छ कि विद्यालयका बालबालिकाहरूले त्यस बाहेकका अनेकौं जातजातिका विषयमा कत्ति पनि जान्दैनन् । उनीहरूले ती जनजाति वा आदिवासीका विषयमा त्यत्तिनै बुझ्ने गर्छन्, जति त्यस विषयमा अंग्रेजहरूले लेखिदिएका छन् ।

यसरी इतिहासको पुनर्लेखन अत्याबश्यक भएको छ । यस्तो पुनर्लेखन गर्दै गर्दा आफ्नै देशका तथाकथित विद्वानहरू र रेडिमेड इतिहास पढिरहेका विद्यार्थीहरूलाई आफ्नो देशको गौरव र परम्पराहरूको सत्यहरूबाट सुसज्जित गर्नुमा रहन्छ । सही इतिहास बुझ्नुको अर्थ आफ्नो देशको वास्तविकता बुझ्नु हो । भारतलाई कसरी बुझ्ने हो, भारतको कुन स्वरूपलाई बुझ्ने हो र यहाँको युवा पुस्ताले आफ्नो इतिहासलाई कसरी बुझ्ने छ र यस प्रति कसरी आस्था व्यक्त गर्ने छ ? यो सबै कुरा इतिहासको ज्ञानसंग सरोकार राख्ने विषय हो । यदि इतिहासको शिल्प, कौशल र ज्ञानको विस्तारमा उपयोगी छैन भने हामीले विज्ञानको इतिहास बुझ्नुपर्छ जहाँ त्यसको समुचित उपयोग छ । विज्ञानको उद्देश्य प्रष्ट भएझैं इतिहासको पनि उद्देश्य प्रष्ट हनुपर्छ र यसको प्रचीरबाट इतिहासलाई बुझिनु पर्छ ।

इतिहासका प्राध्यापकहरूको काँधमा उपरोक्त किशोर–किशोरीहरूको मनका प्रति महत्वपूर्ण जिम्मेदारी छ, यदि तिनले यो अभिभारा पूरा गर्छन् भने १००% विद्यार्थीहरूले इतिहासको उद्देश्य थाहा पाउँछन् र यो लक्ष पूरा गर्न उद्देश्यपरक परिणाममा आधारित कार्यक्रम बनाएर कार्यन्वयन गरेर मात्र प्राप्त गर्न सकिन्छ । समाजको इतिहास, राष्ट्रको इतिहास, संस्कृतिको इतिहास यदि प्राविधिज्ञ, शिक्षाविद् तथा वैज्ञानिकहरूले निर्माण गर्छन् तेस्तो इतिहास स्वीकार्य हुन्छ, र त्यो स्थायी हुन्छ । अतः मनुष्यहरूको निर्माण प्रक्रियामा जुन इतिहासको महत्वपूर्ण परिणाम प्राप्त हुनेछ, त्यो पढाउनु पर्ने छ । यो नै इतिहासको उद्देश्य हुनुपर्छ ।

हाम्रो इतिहासको दृष्टिकोण ती किशोर–किशोरीहरूको मनमष्तिस्कलाई अगाडी राखेर निर्माण गरिनुपर्छ, जसले उनीहरूलाई भविष्यमा गौरवशाली भारतीय बन्ने सुनिश्चित हो । इतिहासको पाठ्यक्रमले आफ्नो देशको अन्तरवस्तु बुझेको हुनुपर्छ । विगत ७० वर्षदेखि विग्रिएको यो पाटो विगत ८ वर्षमा सुधार्ने प्रयत्न गरिंदै छ । यसको गतिलाई तीब्रता दिनु पर्ने हुन्छ । अहिलेजस्तो भारतवर्षप्रति सकारात्मक दृष्टिकोण निर्माण भएको छ, त्यस्तो कहिलै थिएन । यस सकारात्मक कालखण्डमा इतिहास पनि सकारात्मक र भारत केन्द्रीत बन्न सक्छ । भारतलाई, भारतीयहरूलाई, भारततीय ज्ञान दृष्टिका आधारमा भारतको सुबोधपूर्ण इतिहास निर्मित गर्नुपर्छ । यस्तो सुबोध, आत्मबोधको इतिहासका आधारमा मात्र २१ औं शताब्दिका चुनौतिहरूसंग मुकवाला गर्ने सक्ने सक्षम युवावर्गको निर्माण हुनसम्भव छ ।

कुलपतिः महात्मा गांधी हिन्दी विश्वविद्यालय, बर्धा, भारत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने

खाँदबारी (सङ्खुवासभा) । सङ्खुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो

पृथ्वीनारायण शाह र घृणावादको तराजु !

डा. गोविन्दशरण उपाध्याय । पृथ्वीनारायण शाह नेपालका राजा हुँदै विश्वभरी लोकतान्त्रिक गणतन्त्रको नाम

पन्ध्र महिनादेखि विपिन जोशीको सकुशल फिर्तीको प्रतीक्षामा परिवार

कञ्चनपुर। सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान विषयमा ‘अर्न एण्ड लर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिन

तराईमा शीतलहर: बढ्दो जोखिममा पूर्वतयारी सुस्त

काठमाडौं । यतिबेला चिसो बढेसँगै तराईका विभिन्न जिल्लामा शीतलहरको जोखिम छ । लगातार