काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य एवम् नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सचिव रामप्रित रामले पार्टी परित्याग गरेका छन्। आसन्न मंसिर ४ को चुनावमा जनता समाजवादी पार्टी जसपा र राप्रपा, राप्रपा नेपालसँग तालमेल गरेकोप्रति असन्तुष्टि देखाउँदै रामले पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।
सोमबार विज्ञप्ति जारी गरी उनले ‘पार्टी केन्द्रीय कमिटीको बैठकले आसन्न प्रितिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगर्ने भनि गरेको निर्णय उल्टाउँदै एकल क्षेत्रीय राष्ट्रवाद र घोर दक्षिणपन्थी दलहरुसँग गठबन्धन गरिएकाले पार्टी परित्याग गरेको बताएका छन् ।
साथै उनले ‘४–५ दशकदेखि पार्टी संगठनमा योगदान तथा त्याग गरेका कमरेडहरुलाई टिकटबाट बञ्चित गर्नु तर कुख्यात पञ्चायतकालीन तस्कर राजसंस्था पुनःस्थापनाका लागि गतिविधि गर्ने कमल थापालाई पार्टीले टिकट दिएर सूर्य छापबाट चुनाव’ लडाएको बताएका छन्।


प्रतिक्रिया