काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार कञ्चनपुरको चुनावी सभामा आफूबारे दिएको अभिव्यक्तिलाई लिएर नेता भीम रावलले असन्तुष्टि जनाएका छन् ।
शुक्रबार राति सामाजिक सञ्जालमार्फत रावलले ओलीको अभिव्यक्तिलाई लिएर पाँचवटा प्रश्न गरेका छन् । साथै रावलले ओलीको अभिव्यक्तिले बदला, निषेध र द्वेषपूर्ण भाव उदांगो भएको पनि टिप्पणी गरेका छन् ।
कञ्चनपुरमा भएको चुनावी सभामा एमाले अध्यक्ष ओलीले भाषण गरिरहेका बेला भिडबाट भीम रावलको नाम उच्चारण भएको थियो । रावलको नाम सुनेपछि आक्रोशित बनेका ओलीले अब उनको पालो सकिएको बताएका थिए ।
‘भीम रावलको तपाईंलाई किन चिन्ता ? ०४८ सालदेखि एकछिन मुख खाली छैन । बुढो भइसक्नुभयो, बेकार किन भीम रावलको चिन्ता ? अरूलाई पालो दिनुपर्दैन, एउटै भीम रावल, भीम रावल, केको खेती गरिराख्या भीम रावल, के भीम रावल ? थुप्रै रावलहरू हुनुहुन्छ नि त सुदूरपश्चिममा थुप्रो रावलहरूलाई अगाडि बढाइन्छ, ओलीले भनेका थिए ।
त्यसपछि रावलले यस्तो लेखेका छन् ।
.


प्रतिक्रिया