कर्म तथा कर्मफल



डा. गोविन्दशरण उपाध्याय ।

कर्म र कर्मफल यी दूवै भौतिक यथार्थ हुन् । मान्छे गरेको कर्मअनुसार फल प्राप्त गर्छ । शिक्षकले बालबालिकालाई पढाउँछ ्र एउटा निजामति कर्मचारीले आफ्नो ओहदाअनुसार काम गर्छ । एउटा व्यापारीले व्यापार गर्छ –सबैले आ–आफ्नो कर्मअनुसार फल प्राप्त गर्छन् । शास्त्रहरूले यो जन्ममा बासनापूर्वक गरिएका कर्मको फल आगामी जन्महरूमा प्राप्त हुन्छ र ती कर्मको फल जीवले भोग्नैपर्छ भनेका छन् । कसैले विश्वास गर्दैमा वा नगर्दैमा आगोको पोल्ने काम, विषको विषालुपन नष्ट हुँदैनन् । कर्म र कर्मफल भौतिक यथार्थ हो भने कर्मफलको प्रवाह पनि त्यतिनै यथार्थ हो । कर्म नगर्ने होइन तर कर्म गर्दा ज्ञान, भक्ति तथा वैदिक आदेशहरू पालन गर्ने हो । वैदिक आदेशहरू विपरित, पूर्ण वासनाले युक्त भएर र विना भगवानलाई समर्पित गरिने हरेक कर्मले वर्तमान र अर्को जन्मका लागि इधन तयार गरिरहेका हुन्छन् ।
शास्त्रहरूकाअनुसार हरेक जीवले आफ्नो कर्मको फल भोग्नैपर्छ ।

केवल भक्ति, ज्ञान र वैदिक आदेशहरूको विनम्रअनुयायी बनेर गरिएका कर्महरूले कर्मफल उत्पादन गर्दैनन् । विचारणीय विषय के हो भने निष्कर्म हुनका लागि पनि कर्म गर्नेपर्छ तर ती कर्मले फल उत्पन्न नगर्ने हुँदा निर्दोष हुन्छन्, सरल हुन्छन् र विफल हुन्छन् । यहाँ विफलको अर्थ–मोक्ष प्राप्ति नै हो किनभने फल र विफल दूवैबाट उपर मोक्ष वा भगवानको प्राप्ति हो । महाराज भरतले असल कर्म गरेका थिए तर असलकर्मको पनि वासना हुनुहुँदैन । मृगको रक्षा गर्नु उचित थियो तर मृगसावकप्रतिको वासनाले उनी जडभरत बनेर मृत्युको नजिक पुगे । साधक तथा तपस्वीको साधना खेरा जाँदैन । देवी दुर्गाले जडभरतको तपोबलको सम्मान गर्दै उहाँलाई मृत्युबाट जोगाइन् । यसको मूल मर्म थियो–जडभरतका कुनै पनि कर्म फलउत्पादन गर्नका लागि सकामभावले सम्पादन गरिएका थिएनन् ।

संचित, क्रियमाण, प्रारब्ध तथा आगम – यी चारप्रकारका कर्मका विषयमा शास्त्रले चर्चा गरेको छ । संचित कर्मको अर्थ हो – ब्यांक ब्यालेन्स जुन तपाईंको अधिकारमा हुन्छ र प्रयोग गर्ने पर्ने हुन्छ । क्रियमाणको अर्थ हो अहिले यो जीवनमा गरिदै आएका र भविष्यमा गरिने कर्महरू । क्रियमाण कर्महरूमा अकर्म र विकर्म पर्न सक्ने सम्भावना हुन्छ । भाग्यले प्राप्त कर्महरूमा ग्रहदोषआदि पर्छन् भने आगम कर्मको अर्थ हो–शास्त्रअनुसार फलको इच्छा गरेर शास्त्र विधानअनुसार नै गरिएका कर्महरू । यी कर्महरू मध्ये केवल क्रियमाण कर्महरू गर्दा कर्ताले स्वविवेकको प्रयोग गरेर निष्कामकर्मको अभ्यास गर्न सक्छ र धर्मपूर्वक काम र अर्थको प्रयोग गरेर मोक्ष प्राप्त गर्न सक्छ । मोक्षको अर्थ हो – पुनः कर्म र तेसका परिणामहरूको अन्त्य । केही महापुरुषहरूले जीवनमुक्त भएर लोककल्याणका खातिर कर्म गरेको पनि पढ्न सकिन्छ ।

जव व्यक्तिले साधना र भगवानको कृपा प्रसाद प्राप्त गरेर कामना, बासना तथा चाहनाहरूको अन्त्य गर्छ, ऊ आप्तकाम हुन्छ । उसका सम्पूर्ण कर्म र कर्मआसयहरू नष्ट भएका हुन्छन् । भगवानको भक्तिका कारण उसका कर्मबीजहरू सधैंका लागि नष्ट भएका हुन्छन् । जसरी बालबालिकाको चित्त निर्दोष हुन्छ, जसरी एउटा भक्तकको मन सबैका लागि समान हुन्छ त्यसैगरी कर्महरूको चक्र विनाश भएपछि व्यक्ति शुभअशुभ, लाभहानी, मानअपमानबाट मुक्त हुन्छ । सम्पूर्ण विश्वलाई आफुभित्र प्रतिबिम्बित गरेपछि कोही कसैको शत्रु रहन सक्दैन ।

मैले धेरै पटक अनुभव गरेको छु कि झट्ट सुन्दा यो सर्वसाधारण व्यक्तिका लागि असम्भवजस्तो लाग्छ तर सर्वसाधारणको मन “धनिमानी“भन्दा वासना, कामना र चाहनाहरू निकै कम हुन्छन् । धन र मानका साथ चाहना र कामनाहरू भारी पनि सँगै आउँछ । जतिधेरै धन र मानको भारी बढ्दैजान्छ तेतितेति बासनाहरू पनि बढ्दै जान्छन् । जतिजति मान्छे धनि हुँदै जान्छ, तेतितेति उसका आवश्यताहरू बढिरहेका हुन्छन् । धन र मान कमाएर पनि तिनको “धर्म“मा उपयोग गर्न सक्नेहरू बढी आनन्दित, सुखी र सरल हुन्छन् । मान्छे निर्दोष हुन सक्छ, बासनारहित, चाहनारहित तथा कामनारहित हुन सक्छ । मैले धेरै पटक अनुभव गरेको छु र मेरा चाहनाहरू, बासनाहरू तथा कामनाहरू निरन्तर न्यून हुँदैगरेको साक्षी बनिरहेको छ । म जतिजति शास्त्रहरूको अध्ययन गर्नु, मेरो चित्त त्यतिनै निर्दोष र बासना रहित हुँदैछ ।
स्वस्त्यस्तु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विश्वकप खेल्ने नेपाली महिला क्रिकेट टोलीको बिदाइ

काठमाडौं । आइसीसी यू–१९ महिला विश्वकप क्रिकेट खेल्न मलेसिया जाने नेपाली टोलीको बिदाइ

संसद्लाई संसद्जस्तै रहन दिऔँ

-डा. शोभाकर पराजुली नेपालले संसदीय संरचना र संसद्को सर्वोच्चतासहितको शासकीय प्रणाली अपनाएको छ

नीतिगत रूपले हामी संविधान संशोधनको विपक्षमा होइन : संचारमन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधान संशोधनको कुरामा कुनै तलमाथि

निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने

खाँदबारी (सङ्खुवासभा) । सङ्खुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो