‘नो नट अगेन’ भन्न नपाए यति भन्न त मिल्ला नि !



शारदाप्रसाद त्रिताल ।

करिब तीन दशकदेखि देशले भोग्दै आएका नेताहरुको कारण देश कठिन अवस्थाबाट गुज्रिरहेकोछ । उहाँहरुमध्ये अधिकांशको लक्ष्य परिवार‚ आफन्त‚ पार्टीभित्रका गुटका सदस्य र अन्धभक्त झोलेहरुको लागि काम गर्नु र राष्ट्रिय सम्पत्ति जसरी भए पनि लुट्नु हो भन्ने पुष्टि भइसकेकोछ ।

उहाँहरुका हितैसी भनेका मुख्यत भ्रष्टाचारी‚ दुराचारी‚ माफिया‚ विचौलिया‚ डन‚ तस्कर आदि हुन् भन्ने पनि पुष्टि भइसकेकोछ ।
अनेकौं घटनाले पुष्टि गरिसकेको छ कि यस्ता नेताहरु राजनीति र शासकीय संयन्त्रको निर्णायक पदमा रहिरहेमा देशले ठूलो दुर्घटना व्यहोर्नु पर्ने अवस्था आइपर्ने निश्चित छ ।
यस्ता नेताहरुमा–
प्रधानमन्त्री भइसकेकाहरु
उपप्रधानमन्त्री भइसकेकाहरु
सभामुख भइसकेकाहरु
कम्तिमा दुईपटक फुल मन्त्री भइसकेकाहरु
सांसद भएर कुनै राष्ट्रिय मुद्धामा वा जनताको पक्षमा कुनै धारणा राख्न नसकेका वा संसदको बैठकमा निदाएर विताउने गरेकाहरु
त्यसैले‚
आगामी निर्वाचनमा यस्ता नेताहरु उम्मेद्वार भएको पाइएमा उहाँहरुलाई हराएर देशको रक्षा गरौं । आआफ्नो ठाउँबाट बहस चलाएर देशका यस्ता बोझहरुलाई बिसाउन तर्फ लागौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाल्पाको जङ्गलमा डढेलो

पाल्पा ।पाल्पा  जिल्लाको रिब्दीकोट गाउँपालिका– १ ख्याहा मधुवन सामुदायिक वन र वडा नंं

नेमकिपाको अध्यक्षमा नारायणमान विजुक्छे चयन

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को अध्यक्षमा नारायणमान विजुक्छे सर्वसम्मत चयन

बुधबार प्रतिनिधिसभामा सरकारले ल्याएको पाँच वटा अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस हुने

काठमाडौँ । बुधबारका लागि बोलाइएको सङ्घीय संसद्, प्रतिनिधिसभामा सरकारले ल्याएको पाँच वटा अध्यादेश

परराष्ट्र मन्त्रालयको धेरैजसो काम विदेशमा रहेका नेपालीको ‘रेस्क्यु’ गर्ने जस्तो मात्र भयो : परराष्ट्रमन्त्री राणा

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयको धेरैजसो काम विदेशमा रहेका नेपाली