चितवनमा दुई हजार भन्दा बढी डेङ्गु सङ्क्रमित, तीनको मृत्यु



भरतपुर । चितवनमा डेङ्गु सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षमा हालसम्म दुई हजार एक सय ६४ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको छ ।

सो अवधिमा आठ हजार आठ सय ५३ जनामा डेङ्गु परीक्षण गर्दा दुई हजार एक सय ६४ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार उनीहरूमध्ये एक हजार चार सय ५१ चितवनका छन् ।

जसमा आठ सय २२ पुरुष र छ सय २९ महिला छन् । चार सय ५४ सङ्क्रमित अन्य जिल्लाका हुन् भने दुई सय ५९ जनाको ठेगाना नखुलेको कार्यालयले जनाएको छ । चितवनमा यो अवधिमा डेङ्गु सङ्क्रमणबाट तीन जनाको ज्यान गएको छ ।

चितवनका सात पालिकामध्ये सबैभन्दा धेरै डेङ्गु सङ्क्रमित भरतपुर महानगरपालिकाका रहेका छन् । भरतपुरमा हालसम्म पाँच सय ५९ पुरुष र चार सय १९ महिला गरी नौ सय ७८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको छ ।

यस्तै खैरहनी नगरपालिकामा एक सय २४, माडीमा २८, रत्ननगरमा एक सय ९७, राप्तीमा ७९ र कालिकामा ३७ जनामा डेङ्गु देखिएको केसीले बताए ।

इच्छाकामना गाउँपालिकामा हालसम्म आठ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । अझै केही समय डेङ्गु सङ्क्रमण हुनसक्ने भन्दै कार्यालयले सचेत बन्न सबैलाई आह्वान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रास्वपाले भन्यो-रवि लामिछानेको सांसद पद निलम्बन पूर्णगैरकानुनी, फुकुवा गर्न माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेको सांसद पद निलम्बन फुकुवाको

‘सोसल मिडियामा कन्टेन्ट क्रियटर के हो ? सरकारले त्यो बुझ्न जरुरी छ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सामाजिक सञ्जाल सम्बन्धि विधेयकमा युवाको

जसपा नेपाल अनिर्णित हुँदा अध्यादेश राष्ट्रियसभामा पेश गर्ने निर्णयबाट पछि हट्यो सरकार

काठमाडौं । सरकारले ल्याएका ६ वटा अध्यादेश आज सदनमा निर्णयार्थ पेस नहुने भएका

कांग्रेसले लगायो अध्यादेशका पक्षमा उभिन आफ्ना सांसदलाई ‘ह्वीप’

काठमाडौं । नेपाली कांग्रेसले सरकारले ल्याएका अध्यादेशहरूको पक्षमा उभिन सांसदहरूलाई ‘ह्वीप’ जारी गरेको