प्राचीन वैदिक शैली



डा. गोविन्दशरण उपाध्याय ।

प्राचीन साहित्यहरू कथाशैलीमा लेखिने गर्थे । गहनभन्दा गहन विषयलाई “गायनकथा“का रूपमा प्रस्तुत गर्दा सर्वसाधारणले समेत विषयवस्तुमा राम्रो पहुँच हुन्थ्यो । पुराणहरू कथाशैलीमा छन् र विषयवस्तुहरू गायनशैलीमा लेखिएका छन् । आजको मनोविज्ञानले कथाशैलीमा प्रस्तुत गरिने सिकाईका विषयहरू मानवीय मस्तिष्कमा दीर्घकालसम्म सुरक्षित रहने भन्दै बालबालिकाहरूकी गायन, उपमा, कथाआदि शैलीहरू प्रयोग गरेर सिकाउँन अनुरोध गरेको छ । पौराणिक कथाहरूको आधार वेद तथा उपनिषद नै हुन् तर शैली रुचिकर भएको हुँदा स्थानीय आवश्यकता, संस्कृति तथा चालचलनअनुसार फरकफरकशैलीमा प्रस्तुत गरिका छन् । तर एतिहुँदा हुँदै पनि सम्पूर्ण पौराणिक साहित्यको लक्ष धर्म, अर्थ, काम र अन्तन्तः मोक्ष प्राप्ति नै रहेको छ । पौराणिकहरू मध्ये यी लक्ष प्राप्तिका लागि कसैले ज्ञानमार्ग, कसैले कर्म मार्ग त कसैले भक्तिमार्गको अवलम्बन गरेका छन् । सात्विक, राजसिक तथा तामसिक स्वभाव र व्यक्तित्वअनुसार मान्छेले आफ्नो मार्ग चिन्थे ।

सुन्दा अचम्म र अपत्यारिलो लागे पनि वराह (बंगुर)ले सधैं आफ्ना दाह्राले पृथ्वीनै खनिरहेको हुन्छ । भगवान् वराहले पृथ्वीको पानीबाट उद्धार गर्नु भयो अर्थात् वर्षाकाल समाप्त भयो । पौराणिक प्रसंगहरू अध्यत्मिकतासंग जोडिएका छन् र धनका लोभीहरूबाट पृथ्वीलाई मुक्त नगरिकन कल्याणकारी समाजको निर्माण हुँदैन । द्रव्य–पिसाचहरूबाट पृथ्वीको उद्धार हुनै पर्छ, वराहले अवस्था रसातलमा पुगेको भए पनि सर्वाजनको कल्याणका खातिर द्रव्य–पिसाचहरूको मोहबाट द्रव्य प्राप्त गरेर कल्याणकारी कार्यमा लगाउनु पर्छ । धन सबैको चाहना हुन्छ त्यसैले आफ्नो त्यो असीमित द्रव्यचाहनाको दमन गर्नुपर्छ र शास्त्रले तोकेको मर्यादाभित्र रहेर द्रव्य–सङ्ग्रह र वितरण गर्नुपर्छ ।

वैदिक संस्कृतिमा धनार्जन गर्नुलाई दोश्रो पुरुषार्थ (अर्थ)का रूपमा सबैभन्दा महत्वपूर्ण कार्य मानिएको छ । धन नै धर्मको आधार हो भन्ने प्रष्ट पनि गरिएको छ तर अधर्मपूर्वक धनआर्जन गर्न निषेध गरिएको छ । हिरण्यक्षको कथाका माध्यमबाट अतिधन लोभले जीवनमा क्षति पुग्छ भन्ने सूचना दिएको हो । एउटा तत्थ्य अरू थप्न चाहन्छुः धनार्जन गर्नु जीवनको लक्ष अवश्य हो तर धनका लागि जीवन नै त्याग्नु उचित होइन । धनका लागि कसैको जीवननै सङ्कटमा पार्नु वा जीवन नै लिनु अनुचित हो । साथै, विधिसम्मत तवरले आर्जन गरिएको धनमा आँखा लगाउनु सबैभन्दा ठूलो अपराध हो । आजको दृष्टिकोणबाट हेर्दा वराह र हिरान्यक्षको कथा “मैथ“जस्तो लाग्ला तर यो विश्व ब्रह्माण्डमा यस्ता धेरै कथाहरू र प्रसंगहरू छन् जुन अहिलेको बैज्ञानिक विकास र मान्छेको बुद्धिले समाउन वा ठम्याउन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विश्वकप खेल्ने नेपाली महिला क्रिकेट टोलीको बिदाइ

काठमाडौं । आइसीसी यू–१९ महिला विश्वकप क्रिकेट खेल्न मलेसिया जाने नेपाली टोलीको बिदाइ

संसद्लाई संसद्जस्तै रहन दिऔँ

-डा. शोभाकर पराजुली नेपालले संसदीय संरचना र संसद्को सर्वोच्चतासहितको शासकीय प्रणाली अपनाएको छ

नीतिगत रूपले हामी संविधान संशोधनको विपक्षमा होइन : संचारमन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधान संशोधनको कुरामा कुनै तलमाथि

निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने

खाँदबारी (सङ्खुवासभा) । सङ्खुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो