प्रचण्ड र बाबुराम मार्का चाहिँ हुँदैनन्–सीमा त्यत्ति हो



केशवप्रसाद भट्टराई ।
१. काङ्ग्रेसको कुरा प्रष्ट छ – ऊ आज जहाँ पुगेको छ –त्यहाँबाट फर्किन अब कम्तीमा दुई पुस्ता सम्भव छैन । त्यो समय दिनुपर्यो नी काङ्ग्रेसलाई । त्यसैले काङ्ग्रेसको समानुपातिक उम्मेदवारहरू चित्त बुझेन ? बुझेन भने समानुपातिकमा नेपाली काङ्ग्रेस बिपीलाई भोट दिनोस । यो कुनै गाह्रो विकल्प होइन, नेपाली काङ्ग्रेस बिपीलाई मत दिनु भनेको ठाउँ नछोडिकन यताबाट उता हेर्नु जस्तै हो नी ।देब्रेपट्टि हेर्न छोडेर दाहिने दिशा हेर्नु जस्तो मात्रै हो ।

२. प्रत्यक्षमा काङ्ग्रेसका राम्रा उम्मेदवार छन् – दिऊँ काङ्ग्रेसलाई । दिनु पर्दछ । राम्रालाई सम्मान र प्रोत्साहन दिनु मतदाताको धर्म हो । काङ्ग्रेसको उम्मेदवार चित्त बुझेन ? बिपी काङ्ग्रेसको राम्रो छ कि ? त्यहाँ पनि छैन ? एमालेको राम्रा होलान् , राप्रपाका होलान्, स्वतन्त्र होलान् । राम्रा स्वच्छ छविका र इमान्दार जो छन् –तिनलाई दिऊँ । पहिलो प्राथमिकता काङ्ग्रेसकै राम्रा र स्वच्छ छविका, मुलुक र प्रजातन्त्र प्रति इमान्दार । सवै खराव देखिए तर हत्या –हिंसा, लुटपाटमा संलग्न नभएका तर विभिन्न कारणले माओवादी भएका तर साह्रै गतिला र इमान्दार छन् , स्वच्छ छविका माओवादी उम्मेदवार छन् भने त्यो पनि ठिकै छ । देश, जनता र प्रजातन्त्रप्रति इमान्दार छन् , प्रतिवद्ध छन् र विगतमा अपराधमा संलग्न छैनन भने माओवादी हुँदै–हुँदैनन् भन्ने होइन दिऊँ उहाँहरूलाई पनि । उहाँहरू भोली ठिक ठाउँमा पक्कै उभिनुहुन्छ । प्रचण्ड र बाबुराम मार्का चाहिँ हुँदैनन् – सीमा त्यत्ति हो ।

३. काङ्ग्रेस उम्मेदवार नराम्रा भएका कारण हामीले भोट पाएनौ भन्ने कुराको शिक्षा काङ्ग्रेसलाई कसले दिने त ? कहिले दिने त ? वास्तवमा त्यो सहयोग मागेको छ काङ्ग्रेसले उसका मतदातासँग । कोर्स करेक्सनकोलागि मतदाताबाट बलियो दवावको अपेक्षा गरेको छ काङ्ग्रेसले । नत्र ऊ आजको बिन्दुबाट फर्किननै सक्दैन । इतिहासमा हराएर जान बेर छैन । त्यो हुन दिनुभएन । शून्यमै झर्न त दिनुभएन आजीवन माओवादी वा माकुनेहरूको वा कसैको दया र कृपाको पात्र बनिरहने अवस्थामा पनि काङ्ग्रेसलाई रहन दिनुभएन । आउनुहोस मसक्क निर्णय गरौँ !

. वर्तमान जे होस् –भविष्यको काङ्ग्रेसको रक्षा गरौँ । मुलुक र प्रजातन्त्रकोलागि काङ्ग्रेस बाँच्नु पर्दछ । तर आफ्नै मान्यतामा, आफ्नै विश्वासमा दृढतापूर्वक उभिने र बाच्ने काङ्ग्रेस । काङ्ग्रेसलाई सुधार्न यो पटक उसलाई दण्डित गरौँ । लाग्दछ, धेरै इमान्दार काङ्ग्रेसको मत हो यो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुप्रिम सहकारी ठगीमा रविलाई प्रतिवादी बनाउन प्रहरीको राय

बुटवल । रुपन्देहीमा प्रहरीले सुप्रिम सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा

सरकारले स्पष्टीकरण सोधेपछि कुलमानद्वारा कार्यसम्पादन मूल्यांकन मन्त्रालयमा पेस, ९८अंक दाबी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आर्थिक वर्ष २०८०/८१ मा

संविधान संशोधनबाट एमाले पछि हट्न मिल्दैनः नेता साउद

राँझा (बाँके) । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री एनपी साउदले जनतालाई शान्ति,

विश्वकप खेल्ने नेपाली महिला क्रिकेट टोलीको बिदाइ

काठमाडौं । आइसीसी यू–१९ महिला विश्वकप क्रिकेट खेल्न मलेसिया जाने नेपाली टोलीको बिदाइ