प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक (सूचीसहित)


काठमाडौं र निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभातर्फका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ। आयोगमा बुधबार साँझसम्म प्रविष्ट भएको तथ्यांक अनुसार प्रतिनिधि सभाका ११९ जना र प्रदेश सभातर्फका २५७ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्।

आयोगको पछिल्लो तथ्यांक अनुसार प्रतिनिधि सभामा अब कुल २ हजार ४१२ उम्मेदवार रहेका छन् जसमा पुरुष उम्मेदवारको संख्या २ हजार १८७ र महिला उम्मेदवारको संख्या २२५ रहेको छ। त्यस्तै, प्रदेश सभातर्फ कुल ३ हजार २२४ उम्मेदवार रहेका छन्। जसमा २ हजार ९४३ पुरुष उम्मेदवार र २८० महिला उम्मेदवार रहेको आयोगले बताएको छ।