काठमाडौं । नेकपा एमालेका नेता डा.भीम रावलले सर्वसम्मत रूपमा एकल सिफारिस हुँदा पनि केन्द्रले अन्ययपूर्ण किसिमले आफूलाई टिकट नदिएको विषयमा उचित समयमा बोल्ने बताएका छन् । सोमबार सामाजिक संजालमार्फत उनले आफूलाई उम्मेदवार नबनाए पनि ठीक छ भनेको भनेर कुनियतका साथ प्रचार गरिएको बताएका छन् ।
उनले भनेका छन्, ‘मेरो नाम क्षेत्र, जिल्ला र प्रदेशबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारको रूपमा सर्वसम्मत एकल पठाइँदा पनि केन्द्रबाट अन्यायपूर्ण किसिमले हटाइएको विषयमा मैले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन । मलाई उम्मेदवार नबनाए पनि ठीक छ भनेको भनी प्रचार गर्नु कुनियत हो । उचित समयमा बोल्ने नै छु ।’
अछाम १ बाट रावल प्रतिनिधिसभाको लागि एकलरुपमा सिफारिस भएका थिए । तर उनलाई टिकट दिइएन । झपट बोहराले टिकट पाएर उम्मेदवारी दर्ता गरिसकेका छन् ।

प्रतिक्रिया