यसवर्षको नोबेल शान्ति पुरस्कार बेलारुसी मानव अधिकारकर्मी एलीयास बीलियाट्स्की र रुसी मानव अधिकार सङ्गठन मेमोरियल तथा युक्रेनी मानव अधिकार सङ्गठन सेन्टर फर सिभिल लिबर्टीजलाई दिने घोषणा गरिएको छ । नर्वेको नोबेल कमिटीले संयुक्त रूपमा उनीहरूलाई उक्त पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो ।
पुरस्कार प्राप्त गर्ने रुसी मानव अधिकार संगठनले तीन दशकभन्दा बढी समयदेखि सोभियत कालमा मारिएका, कैद भोगेका र यातना पाएका लाखौं निर्दोष मानिसका पीडालाई स्मृतिमा जीवित राख्न भूमिका खेल्दै आएको छ । अर्को पुरस्कृत संस्था रुसले युक्रेनमाथि आक्रमण गरेपछि युक्रेनी नागरिकविरुद्ध रुसले गरेको युद्ध अपराधको पहिचान गर्ने र त्यसलाई अभिलेखीकरण गर्ने काम गर्दै आएको छ ।
केन्द्रले दोषी पक्षलाई उसले गरेको अपराधका लागि जवाफदेही बनाउन अग्रणी भूमिका निभाउँदै आएको नोबेल पुरस्कार समितिले जनाएको छ । आगामी डिसेम्बर १० तारिखमा उनीहरूले पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया