सत्ता गठबन्धनमा सिट बाँडफाँटमा १६५ मध्ये ८० प्रतिशतमा सहमति


काठमाडौं । सत्तारुढ गठबन्धनले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाँटको विषय निष्कर्ष नजिक पुगेको बताएको छ । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले दुवै निर्वाचनको सिट बाँडफाँटको विषय निष्कर्ष नजिक पुगेको जानकारी गराएको हो ।

कांग्रेस नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बुधबार बिहान ८ बजेपनि सोही विषयमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिए । उनले प्रतिनिधिसभाका १६५ सिट मध्ये करिव ८० प्रतिशत टुंगो लागेको प्रतिक्रिया दिए । चाँडै सहमति गरेर आफूहरुले सञ्चार माध्याममार्फत् देशलाई जानकारी गराउने बताए ।

यसैबीच, मन्त्री कार्कीले नागरिकतासम्बन्धि विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्ने विश्वास समेत व्यक्त गरे । उनले भने, ‘अब राष्ट्रपतिजीले संविधानतः प्रमाणीकरण गर्नुहुन्छ भन्ने कुरामा हामीलाई विश्वास छ । आज अन्तिम दिन हो, टाईम छ, हेरौं ।’