कांग्रेसलाई गल्ती सच्याउने एउटा मौका



केशवप्रसाद भट्टराई ।

१. २०७४ को जनादेश खण्डित भएको अवस्थामा त्यसले निर्माण गरेको संसदलाई ओली सरकारले गरेको विघटन उचित राजनीतिक निर्णय थियो । राजनीतिक नैतिकताको कसीमा पनि उचित थियो । त्यस अवस्थामा ताजा जनादेशको लागि जानुलाई प्रतिगमन भन्नेहरू नै प्रतिगामी हुन् । अदालतले मिति, समय र व्यक्ति तोकेर निजलाई नै प्रधानमन्त्री बनाऊ भनेर दिने आदेश पनि गलत थियो । अर्काको दल फुटाएर, झगडा मच्चाएर त्यस्तो समर्थनको बलमा आएको सरकारको नैतिक धरातल पनि कमजोर हो । तर फेरि आफ्नो पार्टीको सरकार विरुद्ध लाम लागेर अदालत पुग्नेहरू एमाले नै हुन् । त्यो पनि पार्टीको मूल्य, पद्धति, नैतिकताको कसीमा कसरी बुझिन्छ होला ?

२. भोलि काङ्ग्रेसको सरकार आउला । अनि काङ्ग्रेसले एमालेलाई फुटाउन खेलेको भूमिका जस्तै भूमिका अर्को दलले खेल्यो भने त्यसलाई पनि प्रतिगमन विरुद्धको महान उपलव्धि मान्ने होला नी–काङ्ग्रेसले । जे जस्तो गरेर भए पनि सरकार बनाउनु, कसैलाई केही समयको लागि केही थान मन्त्री हुनु, प्रधानमन्त्री /बनाउनु नै उपलव्धि हो भने वीपी, सुवर्ण र गणेशमानहरू मूर्ख हुन् ? स्वाँठ हुन् भन्न खोजेको हो काङ्ग्रेसले ?

३. अर्को कुरा, केपी ओलीले माओवादीसँग गरेको गठबन्धनको राजनीतिक दण्ड पाए । राजनीतिमा गल्ती गरेपछि दण्ड पाइन्छ त । प्रचण्ड र माओवादीसँगको गठवन्धनको दण्ड भोग्ने पालो अब काङ्ग्रेसको । चुनावमा एक्लै जाने निर्णय गरेर काङ्ग्रेसले हिजो केपी ओलीले गरे जस्तो गल्ती नगर्ने र गल्ती सच्याउने समय अझै बाँकी छ । राजनीतिमा गल्ती गर्दै जाने दण्ड नपाइने भएर नै मुलुक सधैँ राजनीतिक रुपमा अस्थीर रहँदै आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाल्पाको जङ्गलमा डढेलो

पाल्पा ।पाल्पा  जिल्लाको रिब्दीकोट गाउँपालिका– १ ख्याहा मधुवन सामुदायिक वन र वडा नंं

नेमकिपाको अध्यक्षमा नारायणमान विजुक्छे चयन

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को अध्यक्षमा नारायणमान विजुक्छे सर्वसम्मत चयन

बुधबार प्रतिनिधिसभामा सरकारले ल्याएको पाँच वटा अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस हुने

काठमाडौँ । बुधबारका लागि बोलाइएको सङ्घीय संसद्, प्रतिनिधिसभामा सरकारले ल्याएको पाँच वटा अध्यादेश

परराष्ट्र मन्त्रालयको धेरैजसो काम विदेशमा रहेका नेपालीको ‘रेस्क्यु’ गर्ने जस्तो मात्र भयो : परराष्ट्रमन्त्री राणा

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयको धेरैजसो काम विदेशमा रहेका नेपाली