ओलीलाई प्रधानमन्त्रीको जवाफः परमादेशकै कारण उहाँ र हामी सँगै काम गर्न पायौं



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाको पुनर्स्थापना गरेर न्यायालयले न्याय गरेको बताएका छन् । प्रतिनिधिसभाको अन्तिम बैठकमा समापन मन्तव्य राख्दै प्रधानमन्त्री देउवाले पुनर्स्थापित संसद्बाट जनताको पक्षमा काम गर्न सकिएको बताएका हुन् ।

उनले भने,‘ हुन त प्रतिपक्षी दलको नेताले संसद नै परमादेशको सरकार भन्नु हुनेछ । जहाँ उहाँ र हामी सँगै काम गर्न पाइरहेका छौं । परमादेश नभएको भए उहाँ र हामी सँगसँगै काम गर्न नै पाउँदैनथ्यौं, धेरै ठूलाठूला विधेयकहरु पास गर्न नै पाउँदैनथ्यौं।’

उनले मंसिर ४ गतेको निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रुपमा गर्न निर्वाचन आयोगलाई सरकारको पूर्ण सहयोगको प्रतिबद्धता पनि व्यक्त गरे । उनले प्रतिनिधिसभाको पाँचवर्षे कार्यकाल उपलब्धिपूर्ण रहेको महसुस भएको बताए। त्यसका लागि सबै दलले खेलेको भूमिकाप्रति आभार प्रकट गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सृष्टिसँगै त्रिशूलीमै बग्यो यादव परिवारको सपना

बारा । बाराको कलैया उपमहानगरपालिका–१४ निवासी २६ वर्षीया सृष्टि यादव शुक्रबार भरतपुर महानगरपालिका–२९

दलहरूलाई कमजोर बनाएर लोकतन्त्र बलियो बनाउन सकिँदैनः महासचिव पोखरेल

ललितपुर । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले राजनीतिक दललाई कमजोर बनाएर लोकतन्त्र र

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान, कतै भारी, कतै सामान्य वर्षा हुने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि भारी वर्षाको चेतावनी दिएको

प्रहरी जवानको परीक्षा दिँदै गरेका ६ जना नक्कली परीक्षार्थी पक्राउ

  काठमाडौँ । प्रहरी जवान (जनपद) पदको लिखित परीक्षा दिँदै गरेका छ नक्कली