नेपाल अरु कसैले चलाउने होइन, नेपाली जनताले चलाउनु पर्छः अध्यक्ष ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले देशलाई ओरालो बाटोमा लगेको आरोप लगाएका छन् । संविधान दिवसको अवसरमा शनिबार उपत्यकामा भएको वाकथन पछि बसन्तपुरमा समापन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ओरालो गतिलाई रोकेर देशलाई अगाडि बढाउन नेकपा एमालेले मात्रै सक्ने बताएका हुन् ।

अध्यक्ष ओलीले गठबन्धनले ओरालो गतिमा लगेको देशलाई रोकेर अघि बढाउन राजनीतिक, लोकतान्त्रिक अभ्यास, संविधान कार्यान्वयन, शान्ति सुव्यवस्था, भ्रष्टाचार नियन्त्रण, सुशासन, चौतर्फी विकासको अभ्यासको अभियानलाई अघि बढाउन सशक्त ढंगले अघि बढ्ने बताए । उनले मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनले देश, जनता, लोकतन्त्रलाई हार्न दिनु नहुने बताए ।

उनले भने, ‘नेपाल अरु कसैले चलाउने होइन, नेपाली जनताले चलाउनु पर्छ। सार्वभौम सम्पन्न जनताले चलाउनुपर्छ। देशलाई हार्न दिन हुँदैन, जनतालाई हार्न दिन हुँदैन । संविधानलाई हार्न दिन हुँदैन ।’

उनले यसको फैसला आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनले गर्ने बताए । अध्यक्ष ओलीले गठबन्धनका कारण धक्का खाएको देशको अवस्थालाई चिरेर द्रुत गतिले विकास गर्नुपर्नेमा जोड दिए । उनले संविधान दिवसलाई राष्ट्रिय पर्वको रुपमा मनाउनु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गृह र परराष्ट्रका सुधारका कार्य नरोकिउन्ः पूर्वपरराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीको पदभार ग्रहण गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई

श्रम बैंकमार्फत काठमाडौँ महानगरले दियो ९१२ जनालाई रोजगारी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले काठमाडौँ महानगरको श्रम बैंकमार्फत ९१२ जनाले

बाढीले घर बगाउँदा रुकुम पश्चिममा तीन बालिकाको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको छ

४५ लाखको चेक र चार लाख घुससहित दुई कृषि प्राविधिक अख्तियारको नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ५४ लाख भन्दाबढी नगद र चेकसहित