न्यायाधीशहरू त दलगत आधारमा नियुक्त हुने मुलुकमा राष्ट्रपतिबाट दल निरपेक्ष भूमिका खोज्नु आफैँमा मूर्खतापूर्ण कार्य हो



केशवप्रसाद भट्टराई ।
१. सम्माननीय राष्ट्रपति दृढ इच्छाशक्तिको स्वामी हुनुहुन्छ । राष्ट्र र प्रजातन्त्रप्रतिको उहाँको निष्ठा अविचलित छ । सर्वोच्च अदालतका न्यायाधीशहरू त दलगत आधारमा नियुक्त हुने मुलुकमा राष्ट्रपतिबाट दल निरपेक्ष भूमिका खोज्नु आफैँमा मूर्खतापूर्ण कार्य हो । त्यसैले राजनीतिक दलको उम्मेदवार भएर राष्ट्रपति भएको व्यक्तिबाट हाम्रो जस्तो मुलुकमा दल निरपेक्ष र निष्पक्ष भूमिकाको अपेक्षा नगरौँ । पूर्व राष्ट्रपति र वर्तमान राष्ट्रपति दुवैबाट त्यस्तो निष्पक्ष र दल निरपेक्ष भूमिका सम्भव नभएकै हो ।

२. तर भन्नैपर्ने कुरो के हो भने सम्माननीय राष्ट्रपतिजीहरूको को सल्लाहकार भनेको सरकार नै हो । सरकार मात्रै हो । सरकार राष्ट्रपतिजीको एक मात्र प्रवक्ता हो । राज्यका जुन सुकै निकायसँग राष्ट्रपतिले परामर्श चाहे पनि सरकार मार्फत मात्रै लिने हो । राष्ट्रपतिजी सरकार र संसद मार्फत मुलुकप्रति उत्तरदायी हुनुहुन्छ ।

३. राष्ट्रपतिजीका सल्लाहकारहरूलाई संविधानले चिन्दैन । उनीहरू राष्ट्रपतिजीका निजी सहयोगी हुन् । उनीहरूले बोलेका हरेक कुरा राष्ट्रपतिको विचार भनेर बुझिन्छ र बुझ्नु पर्दछ । त्यहाँ निजी हैसियत हुँदैन । त्यसैले सल्लाहकारहरूले सल्लाहकारकै हैसियतमा मिडियामा आएर सरकार र दलहरूसँग पाखुरा सुर्किने अधिकार राख्दैनन् । नागरिकको हैसियतमा त्यो अधिकार प्रयोग गर्न उनीहरू राष्ट्रपतिको सल्लाहकारको पद छोडेर आउनु पर्दछ । राष्ट्रपतिजीले पनि आफ्ना सल्लाहकारहरूलाई शिखण्डी बनाएर त्यसरी पाखुरा सुर्किनबाट रोक्नु पर्दछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाल्पाको जङ्गलमा डढेलो

पाल्पा ।पाल्पा  जिल्लाको रिब्दीकोट गाउँपालिका– १ ख्याहा मधुवन सामुदायिक वन र वडा नंं

नेमकिपाको अध्यक्षमा नारायणमान विजुक्छे चयन

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को अध्यक्षमा नारायणमान विजुक्छे सर्वसम्मत चयन

बुधबार प्रतिनिधिसभामा सरकारले ल्याएको पाँच वटा अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस हुने

काठमाडौँ । बुधबारका लागि बोलाइएको सङ्घीय संसद्, प्रतिनिधिसभामा सरकारले ल्याएको पाँच वटा अध्यादेश

परराष्ट्र मन्त्रालयको धेरैजसो काम विदेशमा रहेका नेपालीको ‘रेस्क्यु’ गर्ने जस्तो मात्र भयो : परराष्ट्रमन्त्री राणा

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयको धेरैजसो काम विदेशमा रहेका नेपाली