मृतप्रायः बनेका नदीलाई पुनर्जीवन दिने मेयर साहका पहल प्रशंसनीय छन् : भट्टराई


काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले फुटपाथ व्यवसायीलाई विकल्पविना हटाउन नहुने बताएका छन् । सामाजिक संजालमार्फत भट्टराईले निश्चित ठाउँ/समय तोकेर तिनको व्यवस्थापन गर्नुपर्ने बताएका हुन् ।

उनले भनेका छन्, ‘काठमाडौ महानगरपालिकालाई व्यवस्थित गर्ने, मृतप्रायः बनेका नदीलाई पुनर्जीवन दिने आदि मेयर मेयर @ShahBalen का पहल प्रशंसनीय छन् ! फुटपाथ पनि व्यवस्थित गर्नुपर्छ । तर संसारभर स्वरोजगार श्रमिकहरू फुटपाथ वा सार्वजनिक ठाउँमा व्यवसाय गर्न बाध्य हुन्छन् ! अतः निश्चित ठाउँ ÷समय तोकेर तिनको व्यवस्थापन गर्नैपर्छ !’