राष्ट्रिय भूमि आयोगलाई लालपुर्जा वितरणको कार्य स्थगित गर्न आयोगको निर्देशन



काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय भूमि आयोगलाई लालपुर्जा वितरण गर्ने लगायतका सम्पूर्ण कार्यहरु स्थगित गर्न निर्देशन दिएको छ। आयोगले बिहीबार विज्ञप्ति जारी गरी

जग्गा वितरणसम्बन्धी निवेदन लिने, जग्गा नापजाँच गर्ने र जग्गाको निस्सा तथा लालपुर्जा वितरण गर्ने लगायतका सम्पूर्ण कार्यहरु तत्काल स्थगित गरी सोको यथार्थ जानकारी दुई दिनभित्र निर्वाचन आयोगलाई दिन निर्देशन दिएको हो । त्यस्तै आयोगले नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहलाई वैदेशिक भ्रमण नगर्न नगराउन पनि निर्देशन दिएको छ।

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन आउँदो मंसिर ४ गते आइतबार एकै चरणमा हुने गरी घोषणा भएको र निर्वाचनको तयारीका कार्यहरू भइरहेकोले आयोगले यस्तो निर्देशन दिएको हो।

प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यालय स्थापना भई यही असोज २ र ३ गते उम्मेदवार मनोनयनका लागि बन्दसूची पेश गर्ने कार्यक्रम रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिमलताल दुर्घटनामा फेला परेका १९ शवमध्ये १४ को सनाखत

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरोमा परी

चीन नेपालसँग उच्च गुणस्तरको ‘बेल्ट एन्ड रोड’मा सहकार्य गर्न इच्छुक

  काठमाडौँ ।  चिनियाँ प्रधानमन्त्री लि चियाङले नेपालको प्रधानमन्त्री पदमा नियुक्त हुनु भएकामा

सञ्चारमन्त्री गुरूङलाई एमाले प्रचार विभागको ३० बुँदे सुझाव

काठमाडौँ । नेकपा एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागले सञ्चार तथा सूचना प्रविधिमन्त्री

बाढी पहिरोबाट एक सय ६३ राष्ट्रिय राजमार्ग प्रभावित

काठमाडौँ । बाढीपहिरो जस्ता मनसुनजन्य विपद्का कारण गएको २४ घण्टामा एक सय ६३