हामी सांसदलाई आयोगले चिनाउने हो कि संसदले चिनाउने ?



काठमाडौं । सांसदहरुले निर्वाचन आयोगले संसदको कार्यकाल असोज १ गते सकिने बताएको भन्दै आपत्ति जनाएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुलेसंसदको कार्यकाल तोक्ने अधिकार आयोगलाई नभएको बताएका हुन् ।

सांसद यशोदा सुवेदी गुरुङले सार्वभौम संसदलाई निर्देशन दिने अधिकार निर्वाचन आयोगलाई कसले दियो भन्दै प्रश्न गरिन् । उनले भनिन्, ‘प्रतिनिधिसभाको कार्यकाल ५ वर्ष हुनेछ भन्ने उल्लेख छ । यो कार्यकाल साढे ४ वर्षमा सकिदैछ । आगामी संसदले संसदको अविच्छिन्नतलाई कायम राख्ने गरी समयमै ऐन निर्माण गरोस् । निर्वाचन आयोगले असोज १ गते राति १२ बजे प्रतिनिधि सभा समाप्त हुनेछ भन्ने व्यहोराको पत्र पठाएको कुरा आएको छ । सार्वभौम संसदलाई निर्देशन गर्ने अधिकार निर्वाचन आयोगलाई कसले दियो ?’

नेपाली कांग्रेसका सांसद राजेन्द्रबहादुर केसीले सांसदको कार्यकाल कहिले समाप्त हुन्छ भन्ने अन्योलता रहेको बताए । उनले सांसदको कार्यकाल निर्वाचन आयोगले तोक्न नमिल्ने बताए । उनले भने, ‘कानुनको अभावमा कानुन बनाउने निकाय नै संसदको कार्यकालका विषयमा अन्यौलमा छ । हामी सांसदलाई आयोगले चिनाउने हो कि संसदले चिनाउने निक्र्यौल गर्नुपर्ने भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
थोत्रा जहाज किन ल्याउन दिने ?

डा. युवराज संग्रौला । अनेक दुर्घटना घटिरहेका छन् । बिग्रेको प्लेन पोखरा उडन

विमान दुर्घटनाका साक्षीहरू भन्छन्-उद्दार ढिला भयो

सिबी अधिकारी, काठमाडौँ  । बुधबार बिहान झण्डै सवा ११ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

जहाज दुर्घटना छानबिन गर्न पाँच सदस्यीय जाँचबुझ आयोग गठन, शोकमा बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने

काठमाडौँ । सरकारले विमान दुर्घटनाबारे छानबिन गर्न पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको

विमान दुर्घटनाले राष्ट्रलाई अपूरणीय क्षतिः अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सौर्य एयरलाइन्सको जहाज त्रिभुवन