काठमाडौं । संसदको महाभियोग सिफारिस समितिमा बयानका क्रममा निलम्बित प्रधानन्याधीश चोलेन्द्रशम्शेर जबराले नाम लिएका व्यक्तिहरुलाई छलफलका लागि समितिले बोलाउने निर्णय गरेको छ ।
बुधबार बसेको समिति बैठकले बयानका क्रममा नाम आएका बारका पदाधिकारी, न्यायधीश, पूर्वन्यायाधीश लगायतलाई बिहीबार छलफलका लागि बोलाउने निर्णय गरेको समितिका प्रवक्ता लक्ष्मी प्रसाद गौतमले जानकारी दिए।
न्यायाधीश, पूर्वन्यायाधीश, बारका पदाधिकारीसंग बिहीबार छुट्टाछुट्टै समय दिएर छलफल गर्ने उनले बताए । यसअघि बयानका क्रममा जबराले आफूलाई महाभियोग लगाउनुको कुनै औचित्य पुष्टि हुन नसक्ने भन्दै विभिन्न व्यक्तिहरुको नाम लिएका थिए।

प्रतिक्रिया