बयानका क्रममा चोलेन्द्रले नाम लिएका व्यक्तिहरुसँग महाभियोग सिफारिस समितिले बयान लिने



काठमाडौं । संसदको महाअभियोग सिफारिस समितिले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बयानका क्रममा नाम लिएकाहरुसँग पनि बयान लिने भएको छ ।

समितिको मंगलबार बसेको बैठकले बुधबार जबराले बयानका क्रममा आरोप लगाएका वा पोलेका व्यक्तिहरुसँग छलफल गर्ने निर्णय गरेको हो ।

महाअभियोग सिफारिस समितिले पूर्वन्यायाधीश र नेपाल बार एशोसिएसनका पूर्व पदाधिकारीहरुलाई बोलाउने निर्णय गरेको समिति सदस्य मीन विश्वकर्माले जानकारी दिए ।

उनले भने, ‘जबराले महाअभियोगको बयानका क्रममा मुछेका वा पन्छाएका व्यक्तिहरुको पनि बोलाएर वास्तविकता के हो भनेर सोधिने छ । समय छैन । एकैदिन बोलाएर उहाँहरुले दिन चाहेको सूचनाहरु दिनको लागि बोलाइने छ ।’

आफूमाथि लागेको अभियोगबारे बयान दिने क्रममा जबराले सर्वोच्चका बहालवाला र पूर्वन्यायाधीश, बार एशोसिएसनका पूर्व पदाधिकारी, वरिष्ठ अधिवक्ताहरुलाई आरोपित गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सृष्टिसँगै त्रिशूलीमै बग्यो यादव परिवारको सपना

बारा । बाराको कलैया उपमहानगरपालिका–१४ निवासी २६ वर्षीया सृष्टि यादव शुक्रबार भरतपुर महानगरपालिका–२९

दलहरूलाई कमजोर बनाएर लोकतन्त्र बलियो बनाउन सकिँदैनः महासचिव पोखरेल

ललितपुर । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले राजनीतिक दललाई कमजोर बनाएर लोकतन्त्र र

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान, कतै भारी, कतै सामान्य वर्षा हुने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि भारी वर्षाको चेतावनी दिएको

प्रहरी जवानको परीक्षा दिँदै गरेका ६ जना नक्कली परीक्षार्थी पक्राउ

  काठमाडौँ । प्रहरी जवान (जनपद) पदको लिखित परीक्षा दिँदै गरेका छ नक्कली