चिनियाँ जनकंग्रेसका अध्यक्ष ली काठमाडौंमा



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको औपचारिक निमन्त्रणामा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष ली चानशु नेपाल आइपुगेका छन् ।

सोमबार अपरान्ह काठमाडौं आइपुगेका अध्यक्ष ली चानशुलाई सभामुखले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गरेका थिए । चानसुले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गर्नेछन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग भने ली चानसुले बुधबार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । मंगलबार चानसुको कार्यतालिका ९ बजेदेखि सुरु हुनेछ । सोल्टी होटलमा बस्ने उनी सिधै बानेश्वरस्थित संसद भवन आउनेछन्। ९ः१५ पछि राष्ट्रिय सभाध्यक्ष गणेश प्रसाद तिमिल्सिनासँग भेटवार्ता हुने कार्यक्रम छ।

लगत्तै १० बजे नेकपा एमाले अध्यक्ष केपी शर्मासँग भेटवार्ता हुनेछ भने १०ः४५ बजे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’सँग चानसुले भेटवार्ता गर्नेछन् । १२ः३० बजे होटल फर्किएपछि केही समय आराम गर्ने र भोलि नै ३ बजे सोल्टी होटलमै परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग शिष्टाचार भेटवार्ता हुने कार्यक्रम तय भएको छ ।

त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भोलि नै भेट्ने कार्यतालिका रहेको छ। त्यसका लागि ली चानसु भोलि ४ बजे प्रधानमन्त्री निवास बालुवाटार पुग्नेछन्। प्रधानमन्त्रीसँग शिष्टाचार भेटवार्ता भएपछि उनी होटल फर्किनेछन् ।

त्यस्तै बुधबार चानसु भक्तपुर जाने कार्यक्रम रहेको छ । चार दिने भ्रमणका लागि काठमाडौं आउन लागेको ली चानसु नेतृत्वको टोली बिहीबार चीन फर्किने कार्यक्रम रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
श्रम बैंकमार्फत काठमाडौँ महानगरले दियो ९१२ जनालाई रोजगारी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले काठमाडौँ महानगरको श्रम बैंकमार्फत ९१२ जनाले

बाढीले घर बगाउँदा रुकुम पश्चिममा तीन बालिकाको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको छ

४५ लाखको चेक र चार लाख घुससहित दुई कृषि प्राविधिक अख्तियारको नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ५४ लाख भन्दाबढी नगद र चेकसहित

छिमेकी मुलुक भारत र चीनसँगको सम्बन्ध सुमधुर बनाउँछुः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुशासन कायम गराउनुका साथै शिक्षा, स्वास्थ्य