निर्वाचनले लोकतान्त्रिक प्रक्रियामा जनताको विश्वास बढाउँछः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारका स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न लागिपरेको बताएका छन् । शनिबार कान्तिपुर कन्क्लेभलाई सम्बोन गर्दै प्रधानमन्त्री देउवाले आवधिक निर्वाचनले लोकतान्त्रिक प्रक्रियामा जनताको विश्वास बढाउने बताएका हुन् ।

उनले भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा युवा, महिला र विपन्न वर्गको देखिएको सहभागिताले लोकतान्त्रिक अभ्यासलाई गति दिएको उल्लेख गरे । उनले भने,‘निर्वाचनमा नागरिक सहभागिताले शासन प्रक्रियामा युवा र महिलाहरूको सहभागिता बढाउनुको साथै कानुनी शासनलाई समेत बलियो पार्छ । निर्वाचन सत्ताको शान्तिपूर्ण हस्तान्तरणको प्रक्रिया छ ।’

यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारीका कारण विश्वमा भू–राजनीतिक संकट, जलवायु संकटका चुनौतीहरू थपिएको भन्दै भू–राजनीतिक तनाव, बढ्दो असमानता, आर्थिक उतारचढाव र जलवायु संकटको सामना विश्वले नै गरिरहेको बताए ।

उनले भने,‘अहिले जलवायु परिवर्तन विश्वव्यापी समस्याको रुपमा देखा परेकाले छ। त्यसको समाधानका लागि अनुकूलन र न्यूनीकरणमा लगानी गर्नु आवश्यक छ । जलवायु परिवर्तनसँग लड्न र स्थानीय कमजोरीहरूलाई उचित रूपमा सम्बोधन गरिएको सुनिश्चित गर्न अनुकूलन योजनाहरू निर्माण गरी लागू गरिरहेका छौं।’ यसैगरी उनले प्रतिबद्धता गरेअनुरुप जलवायु वित्तको बजेट अनुकूलन र क्षति न्यूनीकरणका आउनुपर्ने उनले बताए ।

उनले नेपाल जलवायु संकटको मुख्य जोखिमयुक्त क्षेत्र बनेको उल्लेख गर्दै विभिन्न समस्याबाट गुज्रिरहेको जनाए । प्रधानमन्त्री देउवाले नेपाली जनताले जलवायु परिवर्तनका कारण धेरै नै असर भोगिरहेको उल्लेख गर्दै सोही कारण बाढी, पहिरो र भूक्षयको दर बढेको बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिमलताल दुर्घटनामा फेला परेका १९ शवमध्ये १४ को सनाखत

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरोमा परी

चीन नेपालसँग उच्च गुणस्तरको ‘बेल्ट एन्ड रोड’मा सहकार्य गर्न इच्छुक

  काठमाडौँ ।  चिनियाँ प्रधानमन्त्री लि चियाङले नेपालको प्रधानमन्त्री पदमा नियुक्त हुनु भएकामा

सञ्चारमन्त्री गुरूङलाई एमाले प्रचार विभागको ३० बुँदे सुझाव

काठमाडौँ । नेकपा एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागले सञ्चार तथा सूचना प्रविधिमन्त्री

बाढी पहिरोबाट एक सय ६३ राष्ट्रिय राजमार्ग प्रभावित

काठमाडौँ । बाढीपहिरो जस्ता मनसुनजन्य विपद्का कारण गएको २४ घण्टामा एक सय ६३