देउवालाई १३ जिल्ला सभापतिको ज्ञापनपत्रः रुखभन्दा अन्यत्र भोट माग्न र हाल्न सक्दैनौं



काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले रुखमा भोट हाल्न पाउनुपर्ने भन्दै केन्द्रीय सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् ।

बिहीबार वाग्मती प्रदेशका १३ जिल्ला सभापतिका तर्फबाट धादिङका सभापति रामनाथ अधिकारीले ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा कांग्रेसका नेता–कार्यकर्ताहरूले रुख चिह्नमा भोट हाल्न पाउनुपर्ने उल्लेख गरिएको अधिकारीले जानकारी दिए ।

अधिकारीले भने,‘ मतदाताले मतपत्रमा प्रत्यक्षतर्फ नै रुख चुनाव चिन्ह रोज्न पाउनुपर्छ । रुख चुनाव चिह्नबिनाको मतपत्र हुनु पार्टीका लागि राम्रो होइन । हामीले सबै क्षेत्रका जनताले कांग्रेसलाई रोज्न पाउनुपर्ने माग सभापतिसमक्ष राखेका छौँ ।’

वाग्मतीका चितवन निर्वाचन क्षेत्र नम्बर–३, धादिङ–१, सिन्धुपाल्चोक–१, काभ्रे–१, काठमाडौं–८, काठमाडौं–२, रामेछाप, मकवानपुर–१, नुवाकोट–१ र ललितपुर–१ को सिट कांग्रेसले गठबन्धनका अरू दलहरूलाई छाड्नुपर्नेछ ।

सिट बाँडफाँटको अन्तिम टुंगो लगाउने तयारी भइरहेका बेला जिल्ला सभापतिहरूले रुखभन्दा अन्यत्र भोट माग्न समस्या हुने जानकारी गराएका हुन् ।

कांग्रेसले आसन्न निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्नुपर्ने भन्दै रुखभन्दा अन्यत्र भोट माग्न र हाल्न नसक्ने पार्टी सभापतिलाई जानकारी गराएको अधिकारीले बताए । ज्ञापनपत्र बुझ्दै सभापति देउवाले भइहाल्छ मात्र भनेको अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गृहका लागि  एक खर्ब ९४ अर्ब र रक्षा मन्त्रालयका लागि  ५८ अर्ब ८४ करोड बजेट विनियोजन

  काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले १७ खर्ब

यो बजेट समग्रतामा भन्दा आधारभूत सिद्धान्तमाथि उभिएर आएकै छैन : पूर्वअर्थमन्त्री पौडेल

  काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले बजेटले मुलुकको अर्थतन्त्रका

ब्यूँतियो संसद विकास कोष, आठ अर्ब २५ करोड रुपैयाँ बजेट विनियोजन

काठमाडौं । सरकारले संसदीय पूर्वाधार विकास कोष ब्यूँताएको छ । प्रत्येक सांसदलाई आगामी

सरकारले ल्यायो १७ खर्ब ५१ अर्बको बजेट

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि  १७ खर्ब ५१ अर्ब ३१ करोड