यदि देउवाले प्रधानमन्त्री हुन चाहनु भयो भने संसदमा काँग्रेसको बहुमत नभए नि हुन सक्नुहुन्छ



जेपी गुप्ता ।
त्यो काँग्रेस जो चहकिलो थियो । सर्वत्र काँग्रेसको लहर थियो। गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको सबल नेतृत्व थियो । त्यतिखेर बि.स. २०४८ मा २०५ स्थानको प्रतिनिधिसभामा नेपाली काँग्रेसले ११० स्थान पायो । यसपछि बि.स. २०५६ मा सम्पन्न चुनावमा नेपाली कांग्रेसले १११ सिट जितेको थियो। यस निर्वाचनमा कांग्रेसले कृष्णप्रसाद भट्टराईलाई भावी प्रधानमन्त्रीको रूपमा सारेको थियो। यस दुई निर्वाचनमा काँग्रेसले आफ्नै बुतामा बहुमत हासिल गरेको थियो। यता लामो समयदेखि शेरबहादुर देउवाको एकल तथा पुरै बहुमतको नेतृत्व छ नेपाली कांग्रेसमा । यसैबीच शेरबहादुर देउवाको कसिलो नेतृत्वमा भएको गत चुनावमा नेपाली कांग्रेसले प्रत्यक्षतर्फ २३ स्थान मात्र हात पर्न सक्यो । तैपनि नेपाली कांग्रेसको प्रधानमन्त्री छ। थोरै भएपनि मनोबल छ । तर, आज धमिलो छ काँग्रेसको वर्तमान ।

आजको यो काँग्रेस जो मलिन छ, संगठन काक्रो चिरिएको जस्तो छ । भर्खरैको स्थानीय निकायको निर्वाचनमा अरूको भन्दा थोरै बढी मत ल्याएकोमा सगर्व भन्ने गरेका छन्,–“हाथी दुब्लाए पनि मुसा कहलिदैन, दुब्लो हाथी भनिन्छ।” अहिले गठबन्धनको भागबण्डामा यो दुब्लो हाथी काँग्रेस १६५ स्थानको संसदका लागि जम्मा ९० सिटमा चुनाव लड्ने भएको छ। कति जित्लान् ? सबभन्दा ठूलो दल हुन्छौं भन्छन्, हाम्रै प्रधानमन्त्री हुन्छ भन्छन् ! यी सब शुभेच्छा तथा अपेक्षाहरूको निरूपण त निर्वाचनको परिणामबाट हुने नै छ ।

शेरबहादुरजी को बारेमा काँग्रेसजनले चिन्ता गर्नु पर्दैन । यदि उहाँ प्रधानमन्त्री हुन चाहनु भयो भने संसदमा काँग्रेसको बहुमत नभए नि हुनसक्नु हुन्छ। ज्योतिष फलादेश आदि सब उहाँलाई उपलब्ध हुने नै छ। तर रामचन्द्रजी वा अरूका लागि त बबटवृक्षका झैं काँग्रेस चाहिन्छ, प्रारब्धको के काम ? कर्णप्रिय कोइली आफ्नो गुँडमा अण्डा पार्दैन, कोरल्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाल्पाको जङ्गलमा डढेलो

पाल्पा ।पाल्पा  जिल्लाको रिब्दीकोट गाउँपालिका– १ ख्याहा मधुवन सामुदायिक वन र वडा नंं

नेमकिपाको अध्यक्षमा नारायणमान विजुक्छे चयन

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को अध्यक्षमा नारायणमान विजुक्छे सर्वसम्मत चयन

बुधबार प्रतिनिधिसभामा सरकारले ल्याएको पाँच वटा अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस हुने

काठमाडौँ । बुधबारका लागि बोलाइएको सङ्घीय संसद्, प्रतिनिधिसभामा सरकारले ल्याएको पाँच वटा अध्यादेश

परराष्ट्र मन्त्रालयको धेरैजसो काम विदेशमा रहेका नेपालीको ‘रेस्क्यु’ गर्ने जस्तो मात्र भयो : परराष्ट्रमन्त्री राणा

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयको धेरैजसो काम विदेशमा रहेका नेपाली