३३ वर्षसम्म पर्गेलेर फेल भएकालाई अब ‘नाई’ भन्नैपर्छ



डा. गोविन्दशरण उपाध्याय ।

मोबाइलले बालबालिकाको खेल्ने प्राकृतिक बानीलाई कोठाको एउटा कुना, हातका औंला र आँखाका माध्यमबाट भर्चुअल संसारको अनन्त अन्धकारमा धकेलेझैं नेपाल बनाउँछु भनेर आएका राजनीतिज्ञले विदेशी प्रतिमान तथा अक्षमताका कारण सम्पूर्ण नेपालीको वर्तमान र भविष्यलाई अनन्त अन्धकारको खाईमा धकेलिदिएका छन् । झूट बोल्ने, धोका दिने, भ्रष्टाचार गर्ने र आफ्ना कार्यकर्ता भएपछि ज्यान पनि माफी गरिदिने लागूऔषध भन्दा कडा नशाले पीडित छन् । उनीहरू यही वाहियात दुर्व्यसनलाई नै उपलब्धि बताएर आफ्ना अभिभावक अर्थात् जनतालाई उल्लु बनाइरहेका छन् ।

बालबालिकालाई मन बलियो पारेर मोबाइल चलाउने समय तोकी दिँदा उनीहरूको बानी सप्रिन्छ तर राजनीति गर्ने चलाख खेलाडीहरूले आफ्नो कुलतलाई नै देश र जनताको सेवा हो भनेर फेरि पनि जनतालाई नै उल्लु बनाउने बेला आएको छ । बालबालिकाले “मेरो क्लास थियो“ भनेर झूट बोलेको कुरा चेक गरे जान्न सकिन्छ र प्रेमपूर्वक तर दृढताका साथ नियमन गर्न सकिन्छ ।

तर……बुद्धिकै प्रयोग गरेर स्वार्थ साध्ने एकमात्र लक्ष लिएकाहरूसँग निकै गाह्रो हुन्छ । यिनलाई तह लगाउँन हामीले “नाई“ भन्नैपर्छ । अमेरिका रिसाउला, भारत रिसाउला, केपी, देउवा, थापा, राई जोसुकै रिसाए रिसाउन्, निर्धारित समय भन्दा बढी बालबालिकाको हातमा मोबाइल दिनु हुँदैन र ३३ वर्षसम्म पर्गेलेर फेल भएकालाई अब “नाई“ भन्नु पर्ने बेला भएको छ । विकल्प र निर्विकल्प दूवै छन् । चुनाउ गर्न तपाईंको विवेक छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाल्पाको जङ्गलमा डढेलो

पाल्पा ।पाल्पा  जिल्लाको रिब्दीकोट गाउँपालिका– १ ख्याहा मधुवन सामुदायिक वन र वडा नंं

नेमकिपाको अध्यक्षमा नारायणमान विजुक्छे चयन

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को अध्यक्षमा नारायणमान विजुक्छे सर्वसम्मत चयन

बुधबार प्रतिनिधिसभामा सरकारले ल्याएको पाँच वटा अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस हुने

काठमाडौँ । बुधबारका लागि बोलाइएको सङ्घीय संसद्, प्रतिनिधिसभामा सरकारले ल्याएको पाँच वटा अध्यादेश

परराष्ट्र मन्त्रालयको धेरैजसो काम विदेशमा रहेका नेपालीको ‘रेस्क्यु’ गर्ने जस्तो मात्र भयो : परराष्ट्रमन्त्री राणा

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयको धेरैजसो काम विदेशमा रहेका नेपाली