नागरिकता विधेयकको विवादमा राष्ट्रपतिको संलग्नता !



केशवप्रसाद भट्टराई ।
१. अति राजनीतिकरणले गर्दा नागरिकता विधेयक कति ठिक र कति बेठिक भन्ने प्रश्नको औचित्य नै रहेन । मुलुकको एउटा संवेदनशील भूभागका अलिकत्ता फरक सांस्कृतिक पहिचानका जनताले नागरिकता विधेयकको विपक्षमा उठेको आवाजलाई आफ्नो विरुद्ध लक्षित माने । नेपाली राष्ट्रियताको आधार नै भारत विरोध मान्ने राजनीतिक र वौद्धिक क्षेत्रले यसलाई भारतीय सरोकार भनेर प्रतक्ष ÷परोक्ष भनिरहेको छ । यो दुवै अवस्था खतरनाक हो । नेपालको राष्ट्र हित विरुद्ध हो ।

२. यो विवादलाई सम्माननीय राष्ट्रपतिको पदको गरिमा, मर्यादालाई समेत कुनै दलसँग जोडेर हेर्ने स्थिति निर्माण भयो । एउटा दल अनावश्यकरूपमा राष्ट्रपतिको प्रवक्ता बनेर आयो । सम्माननीय राष्ट्रपतिजीका निर्णयहरूलाई विगत र वर्तमान सरकारको पालाको कार्यकालसँग फरकरूपमा जोडेर हेर्नेहरूलाई प्रश्न गर्ने ठाउँ नदिने जिम्मेवारी पनि उहाँकै हो । सरकारनै राष्ट्रपतिको प्रवक्ता हो । राष्ट्रपतिको सल्लाहकार भनेको नै सरकार हो । राष्ट्रपतिका हरेक कार्यको लागि सरकार नै जिम्मेवार हुन्छ, सरकार उत्तरदायी हुन्छ । राष्ट्रपति र सरकार दुवैले यो नबुझेको हो ?

३. अर्को कुरा, लगातार तीन वर्ष भन्दा बढी समय सरकारमा बस्ने दलले यति महत्वपूर्ण सवाललाई निष्कर्षमा नलैजाने, आफूले विगतमा प्रस्तुत गरेको अध्यादेशको त्यो पाटो नहेर्ने र अहिले त्यसलाई चरम राजनीतिकरण गरेर राष्ट्रपतिको पदको मर्यादालाई आफ्नो राजनीतिक स्वार्थसँग साट्ने यो अराजक र अनुत्तरदायी राजनीतिक अवशरवादितालाई नबुझ्ने जनता होलान् त ? आफूहरुले जे बोलेपनि हुन्छ भन्न खोजेको हो ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाल्पाको जङ्गलमा डढेलो

पाल्पा ।पाल्पा  जिल्लाको रिब्दीकोट गाउँपालिका– १ ख्याहा मधुवन सामुदायिक वन र वडा नंं

नेमकिपाको अध्यक्षमा नारायणमान विजुक्छे चयन

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को अध्यक्षमा नारायणमान विजुक्छे सर्वसम्मत चयन

बुधबार प्रतिनिधिसभामा सरकारले ल्याएको पाँच वटा अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस हुने

काठमाडौँ । बुधबारका लागि बोलाइएको सङ्घीय संसद्, प्रतिनिधिसभामा सरकारले ल्याएको पाँच वटा अध्यादेश

परराष्ट्र मन्त्रालयको धेरैजसो काम विदेशमा रहेका नेपालीको ‘रेस्क्यु’ गर्ने जस्तो मात्र भयो : परराष्ट्रमन्त्री राणा

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयको धेरैजसो काम विदेशमा रहेका नेपाली