सेनालाई प्रधानमन्त्रीको निर्देशनः जनताको विश्वास र भरोसा कायम राख्नु



काठमाडौं । रक्षामन्त्रीको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको विश्वास र भरोसा कायम राख्न नेपाली सेनालाई निर्देशन दिएका छन् ।

जङ्गी अड्डामा बिहीबारदेखि सुरु ‘कमाण्ड सेनापति समन्वयात्मक बैठक २०७९’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेतृत्व तहमा रहेका पदाधिकारीको इमान्दारी र कर्तव्यपरायणबाट नै मातहतका फौजको हौसला र मनोबल उच्च हुने उल्लेख गरे ।

प्रधानमन्त्री देउवाले देशको सुरक्षा र प्रतिरक्षा जस्तो संवेदनशील जिम्मेवारी बोकेको नेपाली सेनाले मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता तथा राष्ट्रिय एकतालाई बलियो बनाउन नेपाली सेनाले महत्वपूर्ण योगदान पुर्याउँदै आएको स्मरण पनि गरे ।

उनले सुरक्षा तथा प्रतिरक्षासम्बन्धी उच्चस्तरीय अध्ययन तथा अनुसन्धानलाई प्रवद्र्धन गर्न, राष्ट्रिय सुरक्षामा दक्ष जनशक्ति स्वदेशमै उत्पादन गर्न तथा सुरक्षासम्बन्धी नीति निर्माण तहमा समान बुझाइ विकास गर्ने उद्देश्यले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सञ्चालन गर्न लागिएको जानकारी दिए ।

समारोहमा प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेना मित्रराष्ट्रसँगको सन्तुलित सम्बन्धलगायत छिमेकी राष्ट्रको सुरक्षा संवेदनशीलतालाई मध्यनजर राखी राष्ट्रिय स्वार्थमा कुनै पनि किसिमको आघात हुन नदिने पक्षमा सजग र सतर्क रहँदै आएको जानकारी गराए ।

प्रधानसेनापति शर्माले नेपाल सरकारको उच्चतम प्राथमिकतामा रहेको काठमाडौँ–तराई–मधेस द्रुतमार्ग सडक आयोजनालगायतका राष्ट्रिय गौरवका आयोजनामा सम्बन्धित निकायको समन्वयमा स्रोत र साधनको सुनिश्चितता गरी निर्धारित समयभित्र निर्माण सम्पन्न गर्न नेपाली सेना कटिबद्ध रहेको जानकारी गराए ।

राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष सरोकार राख्ने सबै प्रकारका गतिविधिका सम्बन्धमा नेपाली सेनाले निरन्तर अध्ययन, अनुगमन र विश्लेषण गरिरहेको र त्यसबाट सिर्जना हुनसक्ने राष्ट्रिय सुरक्षा चुनौतीलाई सामना गर्न नेपाली सेना सदैव तयारी अवस्थामा रहेको पनि उनले बताए ।

सोही अवसरमा रक्षा सचिव किरणराज शर्मा र प्रधानसेनापति शर्माबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षरसमेत भएको थियो । दुईदिने बैठकमा नेपाली सेनाका विभाग, महानिर्देशनालय, कोर र निर्देशनालयका प्रमुख तथा कमाण्ड सेनापतिले आआफ्नो जिम्मेवारी क्षेत्रको वर्तमान वस्तुस्थिति, कार्य समीक्षा एवं सुझावसहितको प्रस्तुतीकरण रहने कार्यक्रम छ ।

उक्त बैठकको निष्कर्ष र सुझावले आगामी दिनमा नेपाली सेनाको नीति तथा योजना निर्माणमा ठोस योगदान पुर्याउने विश्वास लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रौतहटको गरुडा बजारका सबै निजी अस्पताल अवैध

रौतहट । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले अवैध रुपमा सञ्चालन भइरहेका अस्पताल

सरकारका विरुद्धमा गलत भाष्य निर्माण गर्न खोजियो : मन्त्री अधिकारी

नवलपरासी ।  कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले वर्तमान सरकारका विरुद्धमा गलत भाष्य

स्थिर सरकार बने मात्र राजनीतिक स्थायित्व हासिल गर्न सकिन्छ : महासचिव पोखरेल

गलकोट । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले स्थिर सरकार बने मात्रै राजनीतिक स्थायित्व

एउटा चक्काविनै काठमाडौं आइपुग्यो जनकपुरबाट बुद्ध एयरको जहाज

काठमाडौं । जनकपुरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाजको चक्का खसेको छ ।