ओली भन्दा प्रचण्ड प्रजातान्त्रिक होइनन्



केशवप्रसाद भट्टराई ।
केपी ओली भन्दा प्रचण्ड प्रजातान्त्रिक होइनन्, उदार र विश्वसनीय होइनन् । राजनीतिक चरित्रका पनि होइनन् । स्वच्छ र इमान्दार छविका पनि होइनन् । गठबन्धन भित्रको उप गठबन्धन बनाएर प्रचण्डले एकैसाथ काङ्ग्रेस र एमालेविरुद्ध प्रहार गर्दैछन् । हजार कमजोरी होलान्, धेरै गल्ती गरेका छन्, सुधार्नु पर्ने पक्ष धेरै छन् । यसैपनि मुलुक स्थीर र विश्वसनीय संस्थाहरूको अभावको पीडा भोगिरहेको छ, राजनीतिक अस्थिरता बेहोरिरहेको छ । त्यस अवस्थामा काङ्ग्रेस र एमाले जस्ता राष्ट्रिय र अन्तर्राष्ट्रिय विश्वसनीयता प्राप्त दलहरूको पराजयले हाम्रा आग्रहहरूलाई तुष्टि प्रदान गर्न त सकिएला तर त्यसो गरेर मुलुकलाई उँभो लगाउने अभियान संचालन गर्न सकिन्न ।

मुलुकको पहिलो र दोस्रो ठूलो दल काङ्ग्रेस र एमाले नै हुनुपर्दछ । स्वतन्त्रहरू प्रजातन्त्रका शोभा, सम्मान र गरिमा हुन्–संसदमा तिनको राम्रो र प्रभावकारी उपस्थितिले राष्ट्र, प्रजातन्त्र र स्वयम् दलहरूलाई सहयोग पुग्न जानेमा विश्वास गर्न सकिन्छ । त्यसैले काङ्ग्रेस र एमालेवीचको चुनावी सहकार्यको ढोका खोलिनु पर्दछ । प्रधानमन्त्रीको नयाँ जनादेशमा जाने निर्णयलाई प्रतिगमन र अलोकतान्त्रिक भन्ने स्वयम् मा प्रतिगामी र अलोकतान्त्रिक भाष्य घोकेर मुलुकमा प्रजातन्त्रलाई बलियो बनाउन सकिन्न ।

तर काङ्ग्रेस र एमाले वीचको सहकार्य र विश्वासको ढोका काङ्ग्रेस विरूद्धका भ्रामक, अराजक र अराजनीतिक आरोपहरू बन्द गरेर ओलीले नै खोल्नुपर्दछ । प्रहारको आरम्भ गर्नेले नै आफ्नो अवस्थितिमा परिवर्तनको क्रम शुरू गर्नु पर्दछ । चुनावी स्वार्थको लागि मुलुकको परराष्ट्रनीति र मित्रराष्ट्रहरू विरूद्धका प्रहारहरूमा ओलीजी र एमाले बढी संयमित, सन्तुलित र परिपक्व देखिनु नै पर्दछ ।

आन्तरिक राजनीतिक चरित्र र मान्यताका सवालमा काङ्ग्रेस र एमाले वीचको सहकार्य जति स्वाभाविक हुन्छ त्यो अर्को ढङ्गको सहकार्यमा हुन्न । त्यो अप्राकृतिक हुन्छ । तत्कालको राजीतिक लाभको लागि काङ्ग्रेसले पनि अविश्वसनीय,अराजक र अस्थीरताका कारक शक्तिहरूको गोटी बन्न छोड्नु पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाल्पाको जङ्गलमा डढेलो

पाल्पा ।पाल्पा  जिल्लाको रिब्दीकोट गाउँपालिका– १ ख्याहा मधुवन सामुदायिक वन र वडा नंं

नेमकिपाको अध्यक्षमा नारायणमान विजुक्छे चयन

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को अध्यक्षमा नारायणमान विजुक्छे सर्वसम्मत चयन

बुधबार प्रतिनिधिसभामा सरकारले ल्याएको पाँच वटा अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस हुने

काठमाडौँ । बुधबारका लागि बोलाइएको सङ्घीय संसद्, प्रतिनिधिसभामा सरकारले ल्याएको पाँच वटा अध्यादेश

परराष्ट्र मन्त्रालयको धेरैजसो काम विदेशमा रहेका नेपालीको ‘रेस्क्यु’ गर्ने जस्तो मात्र भयो : परराष्ट्रमन्त्री राणा

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयको धेरैजसो काम विदेशमा रहेका नेपाली