मैले चिनेको प्रदीप गिरी



शारदाप्रसाद त्रिताल ।

स्वर्गीय प्रदीप गिरिज्यूसँग एउटै विषयमा दुईपटक भएको कुराकानीको संस्मरण
२०७५ सालको चैत्र महिनाको पहिलो हप्तातिर हुनु पर्छ एउटा कार्यक्रममा हिमालय होटलमा माननीय प्रदीप गिरिसँग भेट भएको थियो । त्यो समयमा बालुवाटारको ललिता निवास जग्गाको बारेमा राष्ट्रिय चर्चा चलिरहेको थियो । कार्यक्रममा परिचय गर्ने क्रममा मेरो नाम सुन्नासाथ मञ्चमा रहनु भएका माननीय प्रदीप गिरिले मलाई बुढी औंलाको इशाराले खुशी व्यक्त गर्नु भयो ।

मेरो र उहाँका बिच त्यसभन्दा अघि कुनै एक विषयमा केन्द्रित भएर कुराकानी भएको थिएन । चिया ब्रेकमा उहाँ म भए ठाउँमा सरासर आउनु भयो । मैले नमस्कार गरें । उहाँले दुई हात जोडेर टाउकै झुकाएर “नेपालको एक सच्चा पुत्रलाई सादर नमन” भन्नुभयो । मलाई अफ्टेरो लाग्यो । तै पनि मैले धन्यवाद हजुर भने । उहाँले कार्यक्रम सकिएपछि तपाइँलाई फुर्सद हुन्छ भने बालुवाटारको जग्गाको बारेमा यथार्थ तपाइँकै मुखबाट विस्तारमा सुन्ने इच्छा छ भन्नु भयो । मैले हुन्छ भने र कार्यक्रम सकिएपछि होटलको चिया टेबलमा बसेर कुरा गर्यौं ।
उहाँले मेरो प्रशंसा गर्दै धेरैवटा प्रश्न एकै पटक सोध्नु भयो । मैले यथार्थ कुराहरु राख्तै गएँ ।

उहाँले त्यत्रो जटील विषयमा अख्तियार र सीआइबीले अनुसन्धान गरेर मुद्धा चलाउने कुरामा आफुलाई धेरै विश्वास नभएको कुरा गर्नु भयो । उहाँले दुई पूर्व प्रधानमन्त्री‚ एक पूर्व उपप्रधान मन्त्री‚ सत्तारुढ दलका शक्तिशालि महासचिव र अख्तियारका एक पूर्व प्रमुखको नामै लिएर उहाँहरुको संलग्नताको कारणले मुद्धा फितलो हुन सक्ने आशंका गर्नु भएको थियो । मैले त्यस्तो नहोला भनेर प्रष्ट्याउन प्रयास गरेको थिएँ ।
करिब एक वर्षपछि अख्तियारले मुद्धा दायर गरिसकेको थियो । अर्को एक कार्यक्रममा भेट भएपछि उहाँले पहिलेको आफ्नो शंका सत्य भएको कुरा उठाउनु भयो ।

मैले रक्षात्मक हुन चाहिन र नीतिगत भ्रष्टाचार निकै पेचिलो हुँदै आएको कुरा पनि राखें । सीआइबी सरकारको प्रत्यक्ष नियन्त्रणमा रहेकोले उसले गरेको अनुसन्धान बाहिर नआउन सक्छ पनि भने । भूमाफिया र तिनका अनुचरहरु कडा कारवाहीमा नपर्न सक्लान् तर ललिता निवासको जग्गा तत्कालिन सरकारले मुआब्जा दिएर लिएको प्रमाण पेश गरिएको हुँदा अव सो जग्गामा व्यक्तिको दावी नपुग्ने आश्वासन दिएँ ।
अरु नीतिगत भ्रष्टाचारका उदाहरणहरु उहाँलाई सुनाएँ । ध्यान पूर्वक सुन्नु भयो र यस्तो पनि हुन्छ हो कि भनेर आश्चर्य मान्नु भयो ।
अव बालुवाटारको जग्गा व्यक्तिको नाममा जान सक्तैन भन्ने मेरो जोडप्रति “आशा गरौं” भन्दै उहाँ विदा हुनुभयो । त्यसपछि उहाँसँग पुन: भेट भएन । उहाँ मसँग सधैंका लागि विदा हुनु भएको रहेछ । भावपूर्ण श्रद्धाञ्जली उहाँप्रति ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निजामती कर्मचारीको ट्रेड युनियन अधिकार खोस्ने बहसले सकारात्मक परिणाम नदिने चेतावनी

काठमाडौँ । निजामती कर्मचारीसम्बद्ध ट्रेड युनियनहरूले सङ्घीय निजामती सेवासम्बन्धी विधेयकमा कर्मचारीको ट्रेड युनियन

नवलपुरमा पुल भासिएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका १ दुम्किबासको विनयी खोलाको पुल भासिएको छ

कानुन मन्त्री र मुख्यसचिवलाई साथमा लगेर प्रधानमन्त्रीले भेटे राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार अपराह्न शिष्टाचार भेट

ओली सरकार अब नचल्ने निष्कर्षका साथ प्रचण्डले थाले छलफल, माधव नेपाल र राजेन्द्र लिङ्देनसँग वार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरुसँगको संवादलाई तीव्र