माओवादीले टुंग्यायो पदाधिकारी, महासचिवमा देव गुरुङ


काठमाडौं । नेकपा माओवादी केन्द्रको महासचिवमा देव गुरुङ चयन भएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता गुरुङलाई पार्टी महासचिव बनाउन गरेको प्रस्तावलाई शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सर्वसम्मतरुपमा पारित गरेको हो ।

त्यसैगरी वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरा चयन भएका छन् भने उपमहासचिवमा वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, मातृका यादव र हरिबोल गजुरेल चयन भएका छन् ।

यस्तै दीनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्कीलाई सचिवमा चयन भएका छन् । कोषाध्यक्षमा केन्द्रीय कार्यालय मुख्यसचिव श्रीराम ढकाललाई बनाइएको छ ।

सबैको नाम सर्वसम्मत रुपमा बैठकबाट पारित भएको प्रचण्डका प्रमुख स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । महाधिवेशन सकिएपछि केन्द्रीय कमिटीको पहिलो बैठकबाट अध्यक्षमा प्रचण्ड चयन भएका थिए ।