उडिरहेको जहाजका दुवैजना पाइलट निदाएपछि…



३७ हजार फिटको उचाइमा दुई पाइलट निदाउँदा उनीहरूले धावनमार्ग छुटाएको एउटा उड्डयन सम्बन्धी पत्रिकाले जनाएको छ । तर उनीहरू ब्युँझिएपछि विमान सुरक्षित रूपमा अवतरण भएको छ । विमान उचाइ घटाउनुपर्ने विन्दु पार गरेर अगाडि बढेपछि इथियोपियाको आदिस अबाबा विमानस्थलका एयर ट्राफिकले सम्पर्क गर्ने प्रयास गरेका थिए ।

एभिएशन हेराल्डका अनुसार अन्ततः पाइलटहरू ब्युँझे र दोस्रो पटकमा विमानलाई अवतरण गराएका थिए । सरकारी सञ्चारमाध्यम फनाका अनुसार इथियोपियन एयरलाइन्सका ती पाइलटलाई अनुसन्धान रोकेर बिदामा राखिएको छ । यात्रुवाहक सो विमान सोमबार सुडानको खार्तुम विमानस्थलबाट उडेको थियो ।

१५४ सीट क्षमताको उक्त बोइङ ७३७ विमानले दुई देशबीचको उक्त हवाई मार्गमा सामान्यतः दुई घण्टाभन्दा कम समय लगाउँछ । त्यस घटनाप्रति पाइलटहरूको कामको दैनिकीलाई लिएर सहानुभूति प्रकट गर्नेदेखि त्यस्तो जिम्मेवारीमा पनि निदाएको भन्दै अचम्मित हुने गरी प्रतिक्रिया आएका छन् ।

एकजना उड्डयन विश्लेषकले यस घटनालाई निकै चिन्ताजनक भन्दै ट्वीट गरेका छन्। उड्डयन विश्लेषक एलेक्स मचेरसले ट्विटरमा लेखेका छ्,’पाइलटहरू थकित हुने कुरा कुनै नयाँ होइन र यसले अन्तर्राष्ट्रिय रूपमा हवाई सुरक्षाका लागि सबैभन्दा ठूलो जोखिम देखाइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युक्रेनका लागि युद्धविराम ‘राहत’ मात्र हुने पुटिनका सहयोगीको भनाइ

मस्को । क्रेमलिनका एक उच्च सहयोगीले रुस र युक्रेनबीच युद्धविरामका लागि अमेरिका–युक्रेनी प्रस्तावको

व्यापार युद्धले तेलको माग वृद्धिमा कमी ल्याउनसक्ने आइइएको प्रक्षेपण

पेरिस । यस वर्ष तेलको विश्वव्यापी माग वृद्धिले गति लिने अन्तर्राष्ट्रिय ऊर्जा निकाय

परराष्ट्रमन्त्री राणा नयाँदिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा बिहीबार अपराह्न भारतको राजधानी नयाँ दिल्ली

लागूऔषध मुद्दामा पाल्हीनन्दन गाउँपालिका अध्यक्ष गुप्तालाई एक वर्ष कैद सजाय

नवलपरासी । लागूऔषध मुद्दामा नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्तालाई एक वर्ष कैद