भ्रममा नपर्नुस्, गठबन्धनमै अघि बढ्ने हो



रामकुमारी झाँक्री ।

गतवर्ष आजकै दिन मेरो जिन्दगीको एउटा कठिन राजनीतिक निर्णय लिएको दिन हो। मेरा पिता समानका नेता कमरेड माधव कुमार नेपालको हात समातेर निर्वाचन आयोग पुगेको दिन हो।हामीले राजनितीमा अर्को एउटा मूल्यको राजनितीको मानक बनाउन चुनौतिपूर्ण अवस्थामा पाईला अगाडी बढाएको दिन हो।

स्वभावैले मैले मेरो निर्णय लिदा दाँया वाँयाका मेरा आफ्ना राजनीतिक अभिभावक छोडेर आएको दिन थियो। सामान्यतः म मेरो निर्णय लिन सधै स्वतन्त्र नै हुन्छु। राजनीतिमा लाग्ने मान्छे अलि बढी स्वतन्त्र नै हुन्छन।स्वतन्त्रता यानेकी आजादीको त्यही प्याशनले होला जोखिम मोल्न र चुनौतिपूर्ण अवस्थामा निर्णय लिन सक्षम हुन्छन्।

हो हाम्रो बिद्रोह त्यही थियोः संबिधानलाई बचाउन, सात दशक लामो संघर्षको उपल्धिको रक्षा गर्न, यो राजनितीक प्रणालीलाई बचाउन र नेपालको राजनीतिलाई जनचाहाना अनुसार संचालन गर्न गर्न।

आज यिनै उपलब्धिको रक्षा गर्ने र विद्रोहको औचित्य पुष्टि गर्ने समय हो।आसन्न निर्वाचन हामी गठबन्धनमै अगाडी बढ्ने हाम्रो संकल्प छ। गठबन्धन आजको आवश्यकता हो। संविधानलाई गतिदिन,संविधानलाई सहि मार्गमा चलाउन, आर्थिक एजेण्डालाई प्राथमिकतामा राखि आर्थिक बिकास र समृद्धिको बाटोमा मूलुकलाई मार्गदर्शन गर्न, जनभावनाको कदर गर्न गठबन्धन अनिवार्य छ।आजको यो सबै कार्यभार पुरा गर्न नेकपा एकीकृत समाजवादी पार्टीलाई पुनर्गठित र पुनर्जागृत गरेर अगाडी बढ्नु आजको आवश्यकता हो।

बजारमा केही दिनदेखि हामीहरूकावारेमा केही भ्रामक समाचार/विचार आएको देख्छु।यो कुरा गलत हो।देशैभरीका हाम्रा सहयोद्धा साथिहरू यस्ता कुनै पनि भ्रममा नपर्न र आफ्नो कार्यक्षेत्रमा सक्रिय हुन समेत अनुरोध गर्न चाहान्छु।
आज हाम्रो पार्टीको दर्ता गरेको दिन हो। यो अबसरमा सबै कमरेडहरू, साथिहरूप्रति हार्दिक शुभकामना।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेमकिपाको अध्यक्षमा नारायणमान विजुक्छे चयन

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को अध्यक्षमा नारायणमान विजुक्छे सर्वसम्मत चयन

बुधबार प्रतिनिधिसभामा सरकारले ल्याएको पाँच वटा अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस हुने

काठमाडौँ । बुधबारका लागि बोलाइएको सङ्घीय संसद्, प्रतिनिधिसभामा सरकारले ल्याएको पाँच वटा अध्यादेश

परराष्ट्र मन्त्रालयको धेरैजसो काम विदेशमा रहेका नेपालीको ‘रेस्क्यु’ गर्ने जस्तो मात्र भयो : परराष्ट्रमन्त्री राणा

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयको धेरैजसो काम विदेशमा रहेका नेपाली

१२ रुपैयाँ ७५ पैसा कमिसन बढाउने सहमतिपछि ग्यास उद्योगीको आन्दोलन फिर्ता

काठमाडौं । खाना पकाउने ग्यासको कमिसन बढ्ने भएपछि ग्यास उद्योगीले आन्दोलन फिर्ता लिएका