कार्यदलले सिट बाँडफाँटको प्रगति विवरण शीर्ष तहमा बुझाउने



काठमाडौ । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाँटको मोडालिटी तय गर्ने जिम्मेवारी पाएको सत्तारुढ गठबन्धन कार्यदलले सो सम्बन्धि आफ्नो हालसम्मको प्रगतिविवरण शीर्ष तहमा बुझाउने भएको छ ।

कार्यदलको बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सिट बाँडफाँटको मोडालिटी निष्कर्ष नजिक पुगेको उल्लेख गर्दै हालसम्मको प्रगति विवरण शीर्ष तहमा बुझाउने निर्णय गरेको हो । अर्को बैठकमा त्यसबारे निर्णयमा पुग्ने गरी हालसम्म भएको प्रगति विवरण शीर्ष तहमा बुझाउने सहमति गरिएको सञ्चारमन्त्रीसमेत रहेका काँग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

उनले भने, ‘कार्यदललाई जुन जिम्मेवारी सुम्पिएको छ । त्यो जिम्मेवारीलाई पूरा गर्ने अन्तिमअन्तिम चरणमा पुगेका छौं । र, आज एक पटक अहिलेसम्म भएको छलफलका विवरणहरु जुन छ, त्यो विवरणहरु शीर्षस्थ नेताहरुलाई अवगत गराउने र त्यसपछि बस्ने बैठकबाट निर्णयमा पुग्ने सहमतिका साथ आजको बैठक अन्त्य भएको छ । अहिलेसम्म हामीले विभिन्न मोडालिटीमा छलफल गरेका छौं । र, तपाईहरुलाई मोडालिटीको बारेमा मैले पहिला पनि बताईसकेको छु । र, तिनै मोडोलिटीहरुलाई केन्द्रमा राखेर सिट विभाजनकै कुरा छ । त्यही मोडालिटीको आधारमा सिट विभाजनको हामी निष्कर्षको चरणतर्फ हामी अगाडि बढदैछौं । दलहरुलाई न्यायपूर्ण तरिकाले मिलाएर जाने कुरामा गठबन्धनमा रहेका सबै दलहरु सहमत छौं । र, त्यही न्यायपूर्ण तरिकाले अगाडि बढाउनका निमित्त लामो छलफल भएको छ ।’

शीर्ष तहमा प्रगतिविवरण बुझाएपछि बस्ने बैठकले सो बारे आवश्यक निर्णय गर्ने पनि कार्यदलले जनाएको छ । गठबन्धनमा रहेका सबै दलहरुलाई न्याय हुने गरी मिलाएर सिट बाँडफाँट गर्ने कुरामा आफूहरुबीच सहमति रहेको उल्लेख गर्दै कार्कीले अब बस्ने कार्यदलको बैठकले त्यसलाई टुंगोमा पुर्याउने बताए ।

उनले माओवादी केन्द्रको चुनाव चिन्ह हसिया र हतौडाबाट चुनाव लडने सहमति गरेको डा. बाबुराम भट्टराई र वामदेव गौतमलाई दिने सिट संख्याको बारेमा पनि छलफल गरेर सहमतिम पुग्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिविको उत्तरपुस्तिका हराएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय समिति

एमाले र कांग्रेसको समीकरण बन्न सक्दैनः अध्यक्ष ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका

बागमतीमा ४ दलबीच ५ बुँदे सहमति, हानेपाबाट बज्राचार्य बने मन्त्री

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनियताको शपथ लिएका

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिमा तीन सदस्य नियुक्त गरेको छ