अहिलेको विश्वमा हतियारले होइन अर्थतन्त्रले देशको सुरक्षा गर्छ, युवाहरुले यो बुझ्नु आवश्यक छ



डा. युवराज संग्रौला ।
विश्वको इतिहासमा केही महत्वपूर्ण तथ्यहरु भेटिन्छन् । थुप्रै राज्यहरु ठुलठुला प्राकृतिक प्रकोप र युद्ध पछाडि विघटन भए । यस्ता राज्यहरुको उत्पादनमा आत्मनिर्भरता थिएन । चाणक्यले राज्यको कर प्रणाली र विकासमा कृषि उत्पादनको महत्व देखाएका छन् र खाद्यान्नमा परनिर्भरता राज्यको सुरक्षाको चुनौती हो भन्ने देखाएका छन् । ४६० इ.पु. चिनेको चीन राज्यका प्रमुख सल्लाहकार सांङ याङ्गले कृषिको सुधारबाट मात्र देशको सुरक्षा सम्भव हुन्छ भन्ने बताए र त्यही अनुसार कानुन बनाए। ३०० बर्ष लामो युद्धकालमा चुनौतीपूर्ण भुगोल भएको चीन राज्यले चीन को एकीकरण गर्यो।

लामो इतिहासमा नेपालले सामना गरेका चुनौतीहरु डरलाग्दा थिए। तर, नेपाल मरेन । कारण, नेपाली जनता उत्पादनमा आत्मनिर्भर थिए। खान नपाएर मर्नुपर्ने समस्या थिएन। पहिलो विश्व युद्ध पछि नेपालमा अनिकाल आयो। कारण खेती भएन। नेपालको सबै युवा बेलायतले युद्धमा लग्यो र पानी पनि परेन। तर फेरिपनि नेपाली जनताले चुनौती सामना गरे, कृषि उत्पादनकै माध्यामबाट।

अहिले नेपाल खाद्यान्नमा पर निर्भर छ। जमीन बाँझो छ। अर्थतन्त्र विदेशी व्यापारिका हातमा छ। नेता माफियाको फाइदाका लागि काम गर्छन् । लोकतन्त्र भोट्तन्त्रमा परिणत भएको छ। कृषि उत्पादन उन्मुलनको अवस्थामा छ। युवा उद्यमीहरुलाइ भ्रस्ट कर्मचारीतन्त्र डस्छ। शिक्षा ध्वस्त भएको छ। हाम्रो मौलिक खेती, बीउ, बिरुवा, पशुपंक्षी सबै उन्मुलन गरिएको छ। हाम्रो दिमाग स्युडो वा त्रुटिपुर्ण ज्ञानले भरिएको छ।

यस्तो अवस्थामा यदी विश्व अर्थ ब्यवस्था मन्दीको शिकार भयो भने, नेपालको रास्ट्रियताले नै गम्भीर चुनौती भोग्नु पर्ने अवस्था छ। कारण, नेपाली जनताको अर्थतन्त्र उनीहरुको उत्पादनमा होइन रेमिटेन्समा परनिर्भर छ। कृषि तहस नहस भएको हुनाले, नेपाललाई अस्तित्व कायम राख्न कठीन हुन सक्छ। भविस्यमा आउने मन्दीबाट देशलाई जोगाउन, ‘तत्काल कृषि उत्पादनमा आम जनतालाई प्रेरित गर्नु आवस्यक छ। अहिलेको विश्वमा हतियारले होइन अर्थतन्त्रले देशको सुरक्षा गर्छ। युवाहरुले यो बुझ्नु आवश्यक छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा विश्वमै सबैभन्दा सस्तोमा हाइड्रोजन उत्पादन गर्न सकिने

  काठमाडौँ । नेपालमा जलविद्युतसँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि

उपनिर्वाचनमा निर्धक्ककासाथ मतदान गर्न आयोगको अपील

काठमाडौं । उपनिर्वाचनको तयारी पूरा भएको छ । शनिबार इलाम– २ र बझाङ

शक्तिमा रहँदा मात्तिनेहरु सकिन्छन्ः माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाज

विकराल बन्दै डढेलो : ५० जिल्लाका वन क्षेत्रमा डढेलो, करोडौंको क्षति

  गण्डकी ।  वन तथा भू–संरक्षण विभागका अनुसार बिहीबारसम्ममा ५० जिल्लाका वन क्षेत्रमा