भदौ १० देखि २४ गतेसम्म निर्वाचन केन्द्रित राष्ट्रव्यापी अभियान चलाउने कांग्रेसको निर्णय



काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै भदौ १० देखि २४ गतेसम्म ‘राष्ट्रव्यापी अभियान–२०७९’ सञ्चालन गर्ने भएको छ ।

शनिबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भदौ २ देखि गर्ने भनिएको अभियानको मिति परिवर्तन गर्दै भदौ १० देखि २४ सम्मका लागि तय गरेको हो ।

बैठकले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई ‘उम्मेदवार मनोनयन औपचारिक पत्र’ दिन पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई जिम्मेवारी दिएको छ ।

यसैगरी बैठकले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय पनि गरेको छ । त्यसका लागि केन्द्रीय कार्यलयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी दिएको छ ।

प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक दुवै तर्फका उम्मेदवारको नाम पार्टीको विधान बमोजिम प्रक्रिया पुर्याएर सिफारिस गर्न पनि बैठकले निर्देशन दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला गरिने, तीन प्रकारका प्रवेश अनुमतिपत्रको व्यवस्था

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा यार्सागुम्बा सङ्कलन गर्न

महोत्तरीको मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रणमा

  जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा बुधबार दिउँसो लागेको आगो ६

कतारी अमिरको भ्रमणबाट दुई देशबीचको सहकार्य नयाँ चरणमा प्रवेश गरेको छः उर्जामन्त्री बस्नेत(अन्तरवार्ता)

काठमाडौँ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको दुईदिने राजकीय

बागमती प्रदेशसभाको अधिवेशन अन्त्य

मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमतीे प्रदेशसभाको चालु अधिवेशनको बैठकको आज